विराटनगर — आर्थिक अनियमितता, ठगी तथा पार्टीविरुद्ध षडयन्त्र गरेको आरोपमा जनमत पार्टीले केन्द्रीय कोषाध्यक्ष सुरेन्द्रनारायण यादवलाई निलम्बन गरेको छ ।
पार्टीले उनलाई सातदिने स्पष्टीकरण समेत सोधेको छ । महोत्तरीको बर्दिवासमा आइतबार पार्टीको केन्द्रीय समितिको पूर्ण बैठक बस्दैछ ।
गैरआवासीय मधेशी संघका ६० जनाभन्दा बढी कार्यकर्ता, नेता तथा एरिया इन्चार्जबाट लगानी सेयर र लेबीका नाममा संघका पूर्वअध्यक्ष इन्जिनयर बसन्त कुमार कुसवाहा र इन्जिनयर शम्भुनाथ साहसमेतसँग मिलेर करौडौ रुपैयाँ उठाएको जनमतले कोषाध्यक्ष यादवमाथि आरोप लगाएको छ ।
पार्टीको अनुशासन समितिका सदस्य सचिव अनिताकुमारी मण्डलका अनुसार यादवलाई स्पष्टीकरणसहित पठाएको पत्रमा इन्जिनयरद्वय कुसवाहा र साहसँग मिलेर उठाइएको रकमले काठमाडौंको कोटेश्वरमा घर किनेर प्रवासी होटेल चलाउने, जनकपुरमा घर/स्कुल चलाउने सहितका विभिन्न कारोबारहरु सञ्चालन गर्दै आएको उल्लेख छ । पार्टीमा ठगी गरेको भनेर पटकपटक उजुरी परेको उनले जानकारी दिइन् ।
दैनिक कामकाज गर्ने कोषाध्यक्ष पद भए पनि यादव अधिकांश समय अमेरिका, कतारसहितका अन्य देशमा बसेको, पार्टीको दैनिक गतिविधिका लागि समय दिन नसकेको, महत्त्वपूर्ण बैठक र कार्यहरुमा सहभागिता नदेखाएको, केन्द्रीय सचिावलयको बैठकमा महिनौंसम्म उपस्थित नहुने गरेको आरोप पनि पार्टीले कोषाध्यक्ष यादवमाथि लगाएको छ ।
प्रतिनिधि सभा निर्वाचन २०७९ मा सप्तरीको क्षेत्र नम्बर १ र २ मा केही ठूला नेता तथा कार्यकर्ताहरुलाई भड्काएर उम्मेदवार डा. जयकान्त राउत र अध्यक्ष डा. सिके राउतलाई पराजित गर्नमा भूमिका निर्वाह गरेको तथा बारा निर्वाचनमा पनि त्यही भूमिका पुनरावृत्ति गरेको आरोप कोषाध्यक्ष यादवमाथि छ ।
कोषाध्यक्ष सुरेन्द्रनारायण यादवले आफुलाई बदनाम गर्न डा. सिके राउतले प्रपञ्च गरेको दाबी गरेका छन् । उनले जहाँजहाँ घर किनेको आरोप आफूमाथि लगाइएको छ, त्यो सबै आफ्नो लगानी भएको बताए । स्थापनादेखि अहिलेसम्म पार्टीमा आफ्नो पाँच करोडभन्दा बढी रकम लगानी भइसकेको उनको दाबी छ ।
समाचार
पूर्वउपमेयर इन्दिरा कार्कीले मन्त्रिपरिषद्को निर्णय वद्दर गराएर स्थानीय तहलाई दिलाइन् घर बहाल कर उठाउने अधिकार
द नेप्लिज संवाददातासरकारमा अहिले मन्त्री फेरबदल हुँदैन : सभापति देउवा
द नेप्लिज संवाददाताजेनजी आन्दोलनले ध्वस्त विराटनगरका सरकारी संरचनाको धुलो टकटक्याएर सेवा सुरु गर्दै
द नेप्लिज संवाददाताभाैतिक पूर्वाधार मन्त्रालय काेशीद्वारा प्रदेशमा भएकाे भाैतिक क्षतिकाे अध्ययन गर्न समिति गठन
द नेप्लिज संवाददातामहासंघद्वारा जिल्ला प्रशासन कार्यालय मोरङको सेवा सुचारुका लागि १० वटा कम्प्युटर सहयोग
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares