विराटनगर– भारतको छत्तीसगढ राज्यमा जारी माओवादीविरोधी अभियान ’अपरेसन संकल्प’ अन्तर्गत सुरक्षा बलले २२ जना माओवादी लडाकूहरू मारिएको दाबी गरेका छन्। लामो समयदेखि सक्रिय माओवादी सञ्जालविरुद्ध सञ्चालनमा आएको यो अपरेसन हाल निर्णायक चरणमा पुगेको भारतीय अधिकारीहरूले बताएका छन्।
बस्तर क्षेत्रमा तैनाथ एक वरिष्ठ प्रहरी अधिकारीले बीबीसीलाई दिएको जानकारीअनुसार छत्तीसगढ र तेलंगानाको अन्तरराज्यीय सीमामा पर्ने करेगुट्टालु नामक पहाड र वरपरका जंगलमा केन्द्रित अपरेसन संकल्प अन्तर्गत हालसम्म २६ जना नक्सली मारिएका छन्। अभियान अप्रिल २१ देखि सञ्चालनमा आएको हो।
मुख्यमन्त्रीको प्रतिक्रिया : सुरक्षा बलको ठूलो सफलता
छत्तीसगढका मुख्यमन्त्री विष्णुदेव साईले सामाजिक सञ्जाल एक्समार्फत अभियानबारे प्रतिक्रिया दिँदै भनेका छन्, ‘हाम्रा सुरक्षा बलहरूले बिजापुर जिल्लाको करेगुटा पहाडमा चलिरहेको नक्सलविरोधी अभियानमा ठूलो सफलता हासिल गरेका छन्। हालसम्म २२ भन्दा बढी नक्सली मुठभेडमा मारिएको रिपोर्ट गरिएको छ।’ यस अभियानमा केन्द्रीय रिजर्भ प्रहरी बल (सीआरपीएफ) र राज्य प्रहरीको विशेष कमाण्डो युनिट संयुक्त रूपमा संलग्न रहेको जनाइएको छ।
रणनीतिक क्षेत्रमा माओवादीको बाक्लो उपस्थिति
सुरक्षा निकायका अनुसार करेगुट्टालुका पहाड, उपत्यका र गुफाहरूमा ठूलो संख्यामा माओवादी लडाकूहरू लुकेर बसेको आशंका गरिएको थियो। राजधानी रायपुरबाट करिब ४५० किलोमिटर टाढा रहेको यो दुर्गम क्षेत्र माओवादीको प्रमुख रणनीतिक थलो मानिन्छ। यही कारणले यहाँको अपरेसनलाई सुरक्षा अधिकारीहरूले माओवादी गतिविधिविरुद्धको ’निर्णायक मोर्चा’ को रूपमा लिएका छन्।
'अपरेसन संकल्प’ : लामो समयको तयारीपछि भएको कडा कारबाही
भारत सरकार र राज्य सरकारले पछिल्ला केही वर्षयता माओवादी सञ्जाल निस्तेज पार्ने रणनीतिमा तीव्रता ल्याएका छन्। ‘अपरेसन संकल्प’ यस्तै योजनाअन्तर्गतको विस्तारित कारबाही हो, जसमा सशस्त्र बलले जङ्गलभित्रको सुराकी, ड्रोन सर्वेलेन्स र विशेष युनिटको परिचालन गरी माओवादी लडाकूहरूलाई घेरा हालेर आक्रमण गरेको बताइएको छ।
यस कारबाहीको प्रभावले दक्षिण भारतका अन्य सीमावर्ती राज्यहरूसम्म असर पार्नसक्ने सुरक्षा विश्लेषकहरूको अनुमान छ। मानव अधिकारवादीहरू भने यस किसिमका कारबाहीमा निर्दोष आदिवासी जनताहरूको ज्यान जाने सम्भावनाप्रति चिन्तित छन्।
विश्व/प्रवास
'अपरेसन सिन्दूर' पछि मोदीद्वारा युरोप भ्रमण स्थगित
भारत–पाकिस्तान तनाव चरममा (बुधबार साँझ सम्मको क्रमबद्ध अपडेट)
द नेप्लिज संवाददाताभारतको टाउको दुखाइ बनेका मौलाना मसूद अजहर को हुन् ?
द नेप्लिज संवाददाताभारत–पाकिस्तान सीमामा तनाव : ड्रोन आक्रमणमा निर्दोष नागरिकको ज्यान गयो
द नेप्लिज संवाददाताभारतको जम्मू विमानस्थलमा विस्फोट
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares