विराटनगर- नेकपा (माओवादी केन्द्र) का वरिष्ठदेखि कनिष्ठ नेता-कार्यकर्ताहरुले सार्वजनिक मञ्चमा पूर्वराजा एवं राजतन्त्रको चर्को विरोध गरिरहेका हुन्छन् । पूर्वराजाको पक्षमा जनलहर देखिन थाले पछि उक्त केन्द्रको हिजोआजको बैठकमा गणतन्त्र विरोधी शक्तिको सामना कसरी गर्ने बारे छलफल हुन थालेको छ ।
तर अहिले आएर पूर्वराजाका समर्थक माओवादीको पनि प्रिय भएको खुलेको छ । पूर्वराजा ज्ञानेन्द्र शाहलाई सरकारी लेटर हेडमा ‘श्री ५’ सम्बोधन गर्ने रमेशराज बाँस्तोलालाई माओवादी नेता तथा तत्कालीन संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले पर्यटन प्रवर्द्धक नियुक्त गरेको खुलेको छ ।
उनी पोर्चुगलको लिस्बन बस्छन् । बास्तोलाले सरकारी कागजमा पूर्वराजालाई स्वागत तथा ऐक्यबद्धता जनाएवापत अहिलेका पर्यटन मन्त्री बद्रि पाण्डेले २४ घण्टे स्पष्टीकरण सोध्न लगाउन ढिलो गरेनन् ।
सरकारी लोगो तथा लेटरप्याड दुरुपयोग गरेको कारण पत्र काट्नु परेको प्रष्ट पार्दै भनिएको छ,‘उक्त सम्बन्धमा गैरजिम्मेवारपूर्ण कार्य गरेबापत पर्यटन प्रवर्द्धकसम्बन्धी कार्यविधि, २०७९ को दफा ५ बमोजिम नीजलाई जिम्मेवारीबाट तत्काल नहटाउनुपर्ने कुनै कारण भए २४ (चौबिस) घण्टाभित्र यस मन्त्रालयमा लिखित स्पष्टीकरण पेश गर्न निर्देशन गरिएको व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराइन्छ ।’
बास्तोलाले राजाको समर्थनमा लेखेका छन्, ‘मिति २०८१ फाल्गुण ७ गते,राष्ट्रको रक्षा,राष्ट्रिय एकता कायम राखी,देशको समृद्धि,उन्नति,प्रगति तथा कला,संस्कृति र नेपाली गौरवको लागि राष्ट्र र राष्ट्रवासीको नाममा व्यक्त शुभकामना सन्देश तथा राष्ट्र जोगाउन गरिएको आग्रहलाई हार्दिक स्वागत गर्दछु। नेपालमा संवैधानिक राजसंस्थासहित हिन्दू, बौद्ध र किरात राष्ट्र निर्माण गर्नका लागि सम्पूर्ण राष्ट्रवादी शक्ति, देश–विदेशमा रहेका नेपाली दाजुभाइ,दिदीबहिनी, आमाबुबाहरूलाई यो घडीमा राजसंस्थालाई साथ दिन अनुरोध गर्दछु ।’
बास्तोलालाई किरातीले २०८० फागुन १३ मा पर्यटन प्रवर्द्धक नियुक्त गरेका थिए । नेपाल पत्रकार महासंघ युरोपको सचिव समेत रहेका उनलाई युरोपस्थित माओवादी नेताहरुको सिफारिसमा तत्कालीन सरकारले उक्त दायित्व दिएको थियो ।
समाचार
पूर्वउपमेयर इन्दिरा कार्कीले मन्त्रिपरिषद्को निर्णय वद्दर गराएर स्थानीय तहलाई दिलाइन् घर बहाल कर उठाउने अधिकार
द नेप्लिज संवाददातासरकारमा अहिले मन्त्री फेरबदल हुँदैन : सभापति देउवा
द नेप्लिज संवाददाताजेनजी आन्दोलनले ध्वस्त विराटनगरका सरकारी संरचनाको धुलो टकटक्याएर सेवा सुरु गर्दै
द नेप्लिज संवाददाताभाैतिक पूर्वाधार मन्त्रालय काेशीद्वारा प्रदेशमा भएकाे भाैतिक क्षतिकाे अध्ययन गर्न समिति गठन
द नेप्लिज संवाददातामहासंघद्वारा जिल्ला प्रशासन कार्यालय मोरङको सेवा सुचारुका लागि १० वटा कम्प्युटर सहयोग
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares