विराटनगर- विनाशकारी गोरखा भूकम्पको एक दशक पूरा हुन लागेको छ । तर परकम्प गइ नै रहेको छ । सबैखाले जोड्दा गोरखा भूकम्पका ६० हजारभन्दा बढी परकम्प मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
शुक्रबार बिहान (फागुन १६) २ बजेर ५१ मिनेटमा सिन्धुपाल्चोकको भैरवकुण्ड आसपास केन्द्रविन्दु भएको ६.१ म्याग्निच्युडको धक्का गोरखा भूकम्पकै परकम्प हो ।
गोरखा भूकम्पको यो पाँचौँ ठूलो परकम्प हो । उक्त भूकम्पका चार म्याग्निच्युडदेखि माथिका हालसम्म ६०२ परकम्प मापन गरिएको छ।
०७२ साल वैशाख १२ मा बिहान ११ बजेर ५६ मिनेटमा गोरखाको बारपाक केन्द्रविन्दु भएर ७.९ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यो भूकम्प र परकम्पमा करिब ९ हजार जनाले ज्यान गयो । २२ हजारभन्दा धेरै घाइते भए । अपूरणीय भौतिक क्षति पनि भयो ।
त्यही भूकम्पका ६ म्याग्निच्युडदेखि माथिका पाँच परकम्प मापन गरिएको छ । तिनै पाँचमध्येको एक हो, शुक्रबार बिहानको सिन्धुपाल्चोकको मुटु कमाउने शक्तिशाली धक्का ।
केन्द्रका अनुसार गोरखा भूकम्प गएकै दिन वैशाख १२ मा नै बारपाक आसपासै केन्द्रविन्दु भएको ६.६ म्याग्निच्युडको परकम्प मापन गरिएको थियो ।
भोलिपल्ट वैशाख १३ मा दोलखा केन्द्रविन्दु भएको ६.९ र वैशाख २९ मा दोलखा नै केन्द्रविन्दु भएका दुइटा क्रमशः ६.२ र ७.३ म्याग्निच्युडको परकम्प गएको थियो । गोरखा भूकम्पको त्यसपछिको ठूलो परकम्पका रूपमा शुक्रबारको झट्य भएको केन्द्रले जनाएको छ ।
भूकम्पीय धक्का नै मानिने परकम्प यति समय सम्म आउँछ भनेर यकिन गर्न नसकिने भूकम्पविद् बताउँछन् । अमेरिकामा एउटै भूकम्पको परकम्प २०० वर्षसम्म पनि आइरहेको उदाहरण रहेको केन्द्रकाको भनाइ छ ।
सानो म्याग्निच्युडको भूकम्पको परकम्प थोरै समयसम्म र ठूलो भूकम्पको परकम्प लामो समयसम्म आउने भूकम्पविद् बताउँछन् । सिन्धुपाल्चोको पछिल्लो ठूलो धक्काकै केही परकम्प मापन भइसकेको छ ।
भूकम्पविद्का अनुसार, पूर्ववत् अनुपातमा नफर्कुन्जेलसम्मको अवस्थालाई परकम्प भनिन्छ । त्यो भनेको मुख्य भूकम्प जानुभन्दा अगाडिको अवस्थामा नफर्कंदासम्म दरार क्षेत्रमा मापन गरिने कम्पन परकम्प हुन्छ ।
समाचार
पूर्वउपमेयर इन्दिरा कार्कीले मन्त्रिपरिषद्को निर्णय वद्दर गराएर स्थानीय तहलाई दिलाइन् घर बहाल कर उठाउने अधिकार
द नेप्लिज संवाददातासरकारमा अहिले मन्त्री फेरबदल हुँदैन : सभापति देउवा
द नेप्लिज संवाददाताजेनजी आन्दोलनले ध्वस्त विराटनगरका सरकारी संरचनाको धुलो टकटक्याएर सेवा सुरु गर्दै
द नेप्लिज संवाददाताभाैतिक पूर्वाधार मन्त्रालय काेशीद्वारा प्रदेशमा भएकाे भाैतिक क्षतिकाे अध्ययन गर्न समिति गठन
द नेप्लिज संवाददातामहासंघद्वारा जिल्ला प्रशासन कार्यालय मोरङको सेवा सुचारुका लागि १० वटा कम्प्युटर सहयोग
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares