विराटनगर– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनबाट आयात हुने वस्तुहरूमा १४५ प्रतिशतसम्म ट्यारिफ लगाउने घोषणा गरेपछि, चीनले पनि जवाफस्वरूप अमेरिकी उत्पादनहरूमा १२५ प्रतिशतसम्म ट्यारिफ लगाउने निर्णय गरेको छ । चीनको वाणिज्य मन्त्रालयले नयाँ ट्यारिफ (आयात कर÷सीमा शुल्क) शनिबारदेखि लागू हुने जनाएको छ ।
यसअघि ट्रम्पले चीनमाथि ३४ प्रतिशत अतिरिक्त ट्यारिफ घोषणा गरे पछि चीनले पनि समान अनुपातमा ट्यारिफ लगाएको थियो । त्यसपछि ट्रम्पले थप ५० प्रतिशत ट्यारिफ घोषणा गरे जसको जवाफमा चीनले पनि ५० प्रतिशत थप गर्दै ८४ प्रतिशत पुर्याएको थियो । अब ट्रम्पले कुल १४५ प्रतिशत ट्यारिफ घोषणा गरेपछि, चीनले पनि १२५ प्रतिशत ट्यारिफ लगाउने निर्णय गरेको हो ।
चीनको वाणिज्य मन्त्रालयका प्रवक्ताले भने, ‘अब यो एक मजाक बन्नेछ ।’ उनले अमेरिकाको करले उसको धम्की र दबाबलाई उजागर गरेको बताए । विश्लेषकहरूका अनुसार चीनको यो कदमले अमेरिकी अर्थतन्त्रका विभिन्न पक्षहरूलाई असर पार्नेछ । तर चीनले सबै अमेरिकी सामानमा नभइ निश्चित उत्पादनहरूमा मात्र ट्यारिफ लगाएको छ जसले व्यापार वार्ताको ढोका खुला राख्ने संकेत दिन्छ ।
अहिलेको अवस्थामा चीनले व्यापार युद्धलाई चर्काउनुभन्दा वार्ताको माध्यमबाट समाधान खोज्न चाहेको देखिन्छ । ट्रम्प प्रशासनले भने थप ट्यारिफ लगाउने संकेत दिँदै आएको छ जसले दुई देशबीचको व्यापार सम्बन्धमा थप तनाव सिर्जना गर्न सक्छ ।
विश्व/प्रवास
अष्ट्रेलियामा एल्बानीजको चमत्कारी पुनरागमन, लेबर पार्टीको प्रचण्ड जित
द नेप्लिज संवाददाताभारतको पाकिस्तानविरुद्ध नयाँ कदम : सामाजिक सञ्जालदेखि डाक सेवासम्म प्रतिबन्ध
द नेप्लिज संवाददाताइङ्गल्याण्डमा एक विशिष्ट भवनमा आक्रमणको योजना बनाउनेहरु पक्राउ
द नेप्लिज संवाददातालेडी गागाको इतिहासकै ठूलो निशुल्क कन्सर्ट, रियोमा २० लाख दर्शकको उपस्थिति
द नेप्लिज संवाददाताअष्ट्रेलियाको संघीय चुनावमा लिबरल पार्टीको ऐतिहासिक पराजयको कारण खोतलिँदै
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares