विराटनगर– विराट गोल्डकपको साेमबार भएकाे खेलमा चर्च ब्वाइजले नेपाल पुलिस क्लबलाई पराजित गर्दै फाइनलमा पुगेकाे छ । चर्च ब्वाइजले पुलिस क्लबलाई १-० गाेलले पराजित गर्दै फाइनलमा पुगेकाे हाे ।
पहिलाे हाफ गाेलरहित खेलकाे दाेस्राे हाफमा चर्च ब्वाइजका लाक्पा पाख्रिनले खेलकाे ७० अैाँ मिनेटमा गरेकाे गाेल निर्णायक रहयाे । खेलकाे सुरूमा पुलिसले आक्रामक खेलेकाे थियाे भने पछिल्लाे समय चर्च ब्वाइजले झन आक्रामक खेल्दै फाइनल यात्रा तय गरेकाे हाे । खेलकाे प्लेयर अफ द म्याच चर्च ब्वाइजका डिफेन्डर गाैरव श्रेष्ठ भए । उनले ११ हजार पुरस्कार प्राप्त गरे ।
रात्रीकालिन नवौँ संस्करणको विराट गोल्डकपको उपाधीका लागि फाइनल खेलमा बुधबार चर्च ब्वाइजले थ्रीस्टारसँग प्रतिस्पर्धा गर्नेछ । पहिलो सेमिफाइनलमा आइतबार विभागीय टिम त्रिभूवन आर्मी क्लबलाई थ्रीस्टारले ३–२ गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो ।
विराट गोल्डकप फुटवल ट्रष्टले ‘विराटनगरको साथ, फुटवलको विकास’ मूल नाराका साथ सञ्चालन गरेको नवौं संस्करणको रात्रिकालीन विराट गोल्डकप फुटवल प्रतियोगिता २०८१ को फाइनल खेल फाल्गुन २८ गते बुधबार साँझ ६:३० बजे हुनेछ ।
खेलकुद
मनमोहन स्मृति कप क्रिकेटः आर्मी दोस्रो जितसँगै फाइनलमा प्रवेश
द नेप्लिज संवाददातामनमाेहन कप क्रिकेट : कोशी प्रदेश विजयी
मनमाेहन स्मृति कप क्रिकेट : कोशी प्रदेश आशामसँग पराजित
मनमोहन कप क्रिकेटः पुलिस फाइनलमा प्रवेश
द नेप्लिज संवाददातामनमाेहन कप क्रिकेटकाे उपाधी पुलिस क्लबलाई
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares