विराटनगर– जनता समाजवादी पार्टीका अध्यक्ष अशोक राईले गौर घटना राजनीतिक प्रतिस्पर्द्धाको क्रममा घटेको घटना मात्रै भएको बताएका छन् । विराटनगरमा पत्रकारसँगको कुराकानीमा अध्यक्ष राईले तत्कालिन समयमा नै सरकारले यो राजनीतिक घटना भएकोले पिडित परिवारलाई चित बुझाउन नसकेर सर्वोच्च अदालतले सरकारको नाममा परमादेश जारी गरेर छानबिन गर्न भनेको टिप्पणी गरेका हुन् ।
‘राजनीतिक प्रतिस्पर्धाको क्रममा घटेका घटनाहरुमध्ये एउटा गौर घटना हो, १९ वर्ष भइसकेको छ, समयमै आयोगहरु बनेर, छानबिन भएर प्रतिवेदनहरु आएको सुनिन्छ तर प्रतिवेदनहरु सार्वजनिक भएन, त्यसो भएपछि पिडित पक्षलाई पीडा हुने भयो नि त । पिडित पक्षका परिवारहरुले हामीले न्याय पाउनु पर्यो भन्ने सिद्धान्तले सर्वोच्च अदालत पुग्नु पर्ने अवस्था भएको हो,’ उनले भने, ‘कि त सरकारले राजनीतिक मुद्दा हो, प्रतिवेदन यस्तो यस्तो आयो भनेर पिडित परिवारलाई चित बुझाउन सक्नु पर्ने थियो तर चित बुझाउन सकेन, थिएन होला वा के भएको हो । पिडित पक्ष सर्वोच्च अदालत पुग्यो र अदालतले त्यस किसिमको परमादेश दिएको छ । अब त्यो आदेशलाई संबन्धित निकायले वा सरोकारबाला नियकयले कसरी अगाडि बढाउँछ, त्यो हेर्न बाँकी छ ।’
अध्यक्ष राईले राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीसँग संविधान संशोधनका लागि कार्यगत एकता भएको बताएका छन् । उनले एकता उन्मुख कार्यगत एकता भएको स्पष्ट पारेका हुन् । ‘अहिलेको कार्यगत एकता लचिलो खालको एउटा खास उद्देश्य पूर्तिका लागि अर्थात् संविधान संशोधनका लागि मात्रै राष्ट्रिय मुक्ति पार्टीसँग कार्यगत गरेका छौं,’ उनले भने, ‘तर यो कार्यगत एकतालाई एकता उन्मुख भनेका छौं । लामो समय सहकार्य गरेर यदी विश्वासको वातावरण बन्दै गएर बिचार, सिद्धान्त मिल्दै गएपछि पार्टी एकता हुन सक्छ र त्यस्तो हुन नसकेपछि कार्यगत एकता टुट्न पनि सक्छ ।’
अहिलेको कार्यगत एकतामा छलफल गर्दै जाँदा कुनै विषयमा बिचार मिलेर सहमति भयो भने त्यो काम वा कार्यक्रम दुबै पार्टीले मिलेर गर्ने र कुरो नमिलेको विषयमा छुट्टाछुट्टै कार्यक्रमहरु गर्ने, अन्य पार्टीसँग मिलेर कामर्यक्रमहरु गर्न सकिने किसिमको कार्यगत एकता भएको अध्यक्ष राईले स्पष्ट पारेका छन् । उनले अहिले नेपाली कांग्रेस र एमालेसँग पनि कार्यगत एकता भएर सरकारमा रहेको र अन्य पार्टीसँग पनि खास प्रयोजनका लागि कार्यगत एकता हुन सक्ने बताएका हुन् ।
अध्यक्ष राईले सरकारले लिम्पियाधुरा लिपुलेक नेपालको भूमी भएकोले प्रमाणसहित भारत र चिनसँग प्रोएक्टिभ भएर छलफल, वार्ता र कुटनितिक पहल गर्नुपर्ने बताएका छन् । उनले सरकारले सधैंभरि मौन भएर बस्ने र कुनै केही भएपछि मात्रै असन्तुष्टि जनाएर नहुने बताएका हुन् । अध्यक्ष राईले सरकारले यसअघि यो भूमी नेपालको भएको भनेर कुटनितिक नोटहरु पठाइसकेर नक्सा नै जारी गरिसकेको अवस्थामा किन मौन भएर बसेको भन्दै प्रश्न उठाएका छन् ।
अध्यक्ष राईले सरकारमा मन्त्रीहरु फेर्नका लागि पार्टीको निर्णयसहित प्रधानमन्त्रीलाई पठाइसकिएको र प्रधानमन्त्रीले विदेश भ्रमणपछि सरकार पुनर्गठन गर्ने भनेको बताएका हुन् । उनले मन्त्री फेर्ने विषय विकास निर्माण जस्तो नभएकोले तत्काल पनि हुन सक्ने बताएका छन् ।
जनता समाजवादी पार्टीबाट अहिले खानेपानीमन्त्रीमा प्रदिप यादव र महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्रीमा नवकिशोर साह छन् । जसपाले खानेपानी मन्त्रीमा सिरहाका डा. बिरेन्द्रप्रसाद महतो र महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्रीमा सप्तरीकी रञ्जु झालाई पठाउने निर्णय गरेको पार्टी स्रोतले जनाएको छ । तर प्रधानमन्त्री केपी शर्मा ओलीले एउटा मात्रै मन्त्री दिने दवाव बढाइरहेको जसपा स्रोतको भनाइ छ । सुरुमा पनि सरकारमा सहभागी हुने क्रममा एउटा मन्त्री र एउटा राजदुत लिन प्रधानमन्त्री ओलीले भनेको तर त्यतिबेला राजदुत छोडेर दुई वटा नै मन्त्रालय लिएकोले अहिले पुनः प्रधानमन्त्रीले पूरानै अडान दोहोर्याएकोले मन्त्री फेर्न ढिलाई भइरहेको स्रोतको भनाइ छ ।
समाचार
अर्बपति विनोद चौधरीविरुद्धको मुद्दा सर्वोच्चमा हेर्न नभ्याइने, चार महिनापछि अर्को पेसी
द नेप्लिज संवाददाताब्लु डाइमण्ड शोसाइटीले ‘इलगा एसिया सम्मेलनको सन्देश’ साझा गर्दै
द नेप्लिज संवाददाताकोशी प्रदेशका चार वटा मन्त्रालयका सचिवको सरुवा
कोशी प्रदेशमा सभामुख बिष्टलाई पदबाट हटाउने योजना होला सफल ?
द नेप्लिज संवाददाताकाेशराज रेग्मी स्मृति पत्रकारिता पुरस्कार काेइरालालाई
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares