विराटनगर– सरकारले आउँदो वर्षका लागि ल्याएको बजेटमार्फत सुनको गहनामा लगाएको २ प्रतिशत विलासी कर र हिरा जडित सुनको गहनामा १३ प्रतिशत मूल्य अभिवृद्धि कर फिर्ताको माग गर्दै नेपाल सुन चाँदी व्यवसायी संघले देशभर गर्दै आएको आन्दोलनप्रति मोरङ उद्योग व्यापार संघ विराटनगरले समर्थन जनाएको छ ।
सुन चाँदी व्यवसायी संघ मोरङले शुक्रबार आयोजना गरेको प्रत्रकार सम्मेलनमा मोरङ उद्योग व्यापार संघका उपाध्यक्ष विकास वेगवानीले सुनमा लगाएको विलासी कर र हिराको गहनामा लगाएको मूल्य अभिवृद्धि कर पूर्ण रुपमा हटाउनु पर्ने माग गर्दै सुनचाँदी व्यवसायीको आन्दोलनप्रति समर्थन जनाएका छन् ।
सरकारले सुन र हिराको गहनाको कारोबारमा कुनै किसिमको कर लगाउन नहुने उपाध्यक्ष वेगवानीको तर्क छ । उनले सुनचाँदी व्यवसायीलाई सरकारले माग पूरा नगरुञ्जेल आन्दोलनलाई निरन्तरता दिँदै निष्कर्षमा पुर्याउन मोरङ उद्योग व्यापार संघको पूर्ण रुपमा साथ, सहयोग र समर्थन रहने उद्घोष गरेका हुन् ।
नेपाल सुन–चाँदी व्यवसायी संघ मोरङका अध्यक्ष शशिभूषण साहले सुनमा लगाएको विलासी कर र हिराको गहनामा लगाएको मूल्य अभिवृद्धि करको बिरोधमा सम्पूर्ण चुनचाँदी व्यवसायीहरुले दुई पसल बन्द गरेर प्रमुख जिल्ला अधिकारीहरुलाई साँचो बुझाएको बताएका छन् । उनले २ प्रतिशत विलासिता कर ६ प्रतिशत पुगेर भारतभन्दा नेपालमा सुन महंगो हुने र त्यसले नेपालमा सुनचाँदीको व्यवसाय पूर्ण रुपमा धाराशायी हुने बताएका हुन् ।
अध्यक्ष साहले चुनचाँदी व्यवसायमा भारत जसतै नेपालमा समानान्तर ६ प्रतिशत कर नीति लागु गर्नुपर्ने, सुनको कारोबारलाई दीर्घकालीन रूपमा प्रोत्साहित गर्न छुट्टै ऐन, नियम र नीति बनाउनु पर्ने माँग गरेका छन् । विश्व बजारको मान्यता अनुसार गुणस्तर प्रमाणीकरणका लागि अन्तर्राष्ट्रिय मान्यता प्राप्त शुद्धता परीक्षण तथा हलमार्किङ र्गे व्यवस्था मिलाउन उनले माग गरेका हुन् । उनले सरकारले सुनको गहना उत्पादक कालिगढ र साना सुनचाँदी व्यवसायीले ग्राममा पनि सोझै सुन खरिद गर्न पाउने व्यवस्था गर्न माग गरेका छन् ।
अध्यक्ष साहले सरकारले ल्याएको अहिलेको कर नीतिले नेपालमा सुनचाँदीको औपचारिक बजार व्यवसाय धारासायी भएर तस्करी मौलाउने निश्चित भएको जिकिर गरेका हुन् ।
अर्थ/वाणिज्य
निर्यातमुखी अर्थतन्त्रतर्फ अग्रसर हुनुपर्छ : योजना आयोगका उपाध्यक्ष अधिकारी
द नेप्लिज संवाददाताउखु किसानको अनुदान रोकिनुमा विचौलियाको प्रभाव त होइन ? : शेखर कोइराला
द नेप्लिज संवाददाताकाठमाडौंको ‘बिरयानी अड्डा’ विराटनगरमा
द नेप्लिज संवाददाताकोशी प्रदेशमा बजेटः कुन वर्षमा कति बजेट, कति आमदानी र कति भयो खर्च ?
द नेप्लिज संवाददातामौद्रिक नीतिमा पूर्वका उद्योगी व्यवसायीको सुझावः मुल्यांकनको ७० प्रतिशत घरजग्गा कर्जाको व्यवस्था हुनुपर्छ
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares