काठमाडौँ– अमेरिकाको एक संघीय आयोगले जारी गरेको वार्षिक प्रतिवेदनमा नेपालमा हिन्दु राष्ट्रको पक्षमा राप्रपाले गरेको आन्दोलनको बारेमा उल्लेख गरेको छ । मंगलबार ‘यूएस कमिशन अन इन्टरनेशनल रिलिजियस फ्रिडम’ (यूएससीआईआरएफ)ले सन् २०२५ को वार्षिक प्रतिवेदन सार्वजनिक गरेको हो । यसमा नेपालका धार्मिक स्वतन्त्रता र अन्य मानव अधिकारको अवस्थाबारे पनि चर्चा गरिएको छ ।
प्रतिवेदनको पृष्ठ ७७ मा नेपालसँग सम्बन्धित अंशमा भनिएको छ, ‘नेपालमा हिन्दु राष्ट्रवादी भावनामा वृद्धि भइरहेको छ, जसमा हिन्दु राजतन्त्र बहालीको वकालत गर्ने कयौँ व्यक्तिहरू विरोध प्रदर्शनमा सहभागी भएका छन् ।’ यसमा विशेषगरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को नेतृत्वमा काठमाडौँमा अप्रिलमा भएको प्रदर्शनको उल्लेख गरिएको छ । यसमा जसमा सयौँ प्रदर्शनकारी सडकमा उत्रिएका थिए र प्रहरीसँग झडप पनि भएको थियो ।
प्रतिवेदनमा भनेको छ, ‘यो प्रदर्शन नेपालका केही नागरिकहरूको धार्मिक र राजनीतिक धारा अनुसार समाजमा भएका चर्चाहरूको संकेत हो ।’ यसका साथै नेपालमा ईसाई धर्मसम्बन्धी उत्पीडन र गिरफ्तारीको घटनाहरू पनि बढेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
केशव आचार्य नामक एक पादरीलाई धर्म परिवर्तन गराएको आरोपमा सर्वोच्च अदालतले एक वर्षको कैद सजाय सुनाएको छ । मार्चमा चार जना ईसाईलाई जबर्जस्ती धर्म परिवर्तन गराएको र बाइबल साथमा राखेको आरोपमा २४ दिनसम्म हिरासतमा राखिएको थियो ।
‘यूएससीआईआरएफ’ सन् १९९८ मा अन्तर्राष्ट्रिय धार्मिक स्वतन्त्रता अधिनियम अन्तर्गत स्थापित अमेरिकी संघीय आयोग हो, जसको मुख्य उद्देश्य अन्तर्राष्ट्रिय धार्मिक स्वतन्त्रताका मुद्दामा अनुसन्धान र निगरानी गर्नु हो ।
त्यसैगरी उक्त प्रतिवेदनमा भारतको गुप्तचर एजेन्सी ‘रिसर्च एन्ड एनालासिस विङ्ग’ (रअ)लाई अमेरिकामा प्रतिबन्ध लगाउन पनि माग गरिएको छ । प्रतिवेदनमा भनिएको छ, ‘भारतमा धार्मिक स्वतन्त्रताको स्थिति लगातार नाजुक हुँदै गएको छ र धार्मिक अल्पसंख्यक समूहहरूमाथि हमला र भेदभावको घटनामा वृद्धि देखिएको छ ।’
भारतको विषयमा प्रतिवेदनको पृष्ठ २२ र २३ मा भनिएको छ, ‘अन्तर्राष्ट्रिय रिपोर्टिङ र क्यानाडा सरकारको गुप्तचर जानकारी अनुसार रअका एक अधिकारी र ६ कूटनीतिज्ञ न्यूयोर्कमा सन् २०२३ मा एक अमेरिकी सिख कार्यकर्ताको हत्या प्रयासमा संलग्न भएको आरोप पुष्टि भएको छ ।’
समाचार
पूर्वउपमेयर इन्दिरा कार्कीले मन्त्रिपरिषद्को निर्णय वद्दर गराएर स्थानीय तहलाई दिलाइन् घर बहाल कर उठाउने अधिकार
द नेप्लिज संवाददातासरकारमा अहिले मन्त्री फेरबदल हुँदैन : सभापति देउवा
द नेप्लिज संवाददाताजेनजी आन्दोलनले ध्वस्त विराटनगरका सरकारी संरचनाको धुलो टकटक्याएर सेवा सुरु गर्दै
द नेप्लिज संवाददाताभाैतिक पूर्वाधार मन्त्रालय काेशीद्वारा प्रदेशमा भएकाे भाैतिक क्षतिकाे अध्ययन गर्न समिति गठन
द नेप्लिज संवाददातामहासंघद्वारा जिल्ला प्रशासन कार्यालय मोरङको सेवा सुचारुका लागि १० वटा कम्प्युटर सहयोग
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares