विराटनगर–ब्रेनवे मल्टि ट्रेड मार्केटिङ काठमाडौंले स्वास्थ्य, सौन्दर्य, समृद्धि र स्वरोजगार अभियान सञ्चालन गरेको छ । ब्रेनवेले उत्पादन गरेको होमकेयर, पर्सनलकेयर, हेल्थकेयरका सामानहरुलाई सोझै उपभोक्तामार्फत नै उपभोक्तामामा पुर्याएर उक्त अभियान सञ्चालन गरिरहेको हो ।
ब्रेनवेले शनिबार विराटनगरमा एक कार्यक्रमको आयोजना गरी उत्त अभियानमा जोडिएर उत्कृष्ट काम गर्नेहरुलाई पुरस्कृत गरेको छ । पुरस्कृत हुनेमा विराटनगर–८ की मुना कोइरालाले माइक्रोओभन, विराटनगरकै शुशिल चौधरीले वासिङ मेसिन जित्दै पुरस्कृत भएका छन् ।
ब्रेनवेका चिफ अप्रेशनल अधिकृत दिनेश कार्कीले आफूहरुले गरेको स्वदेशी उत्पादनलाई सोझै उपभोक्तामार्फत नै उपभोक्तामाझ पुर्याएर बिक्री वितरण गर्दै आएको बताए । ‘उपभोक्तामार्फत नै उपभोक्ताले हाम्रो उत्पादन खरिद बिक्री गर्दै बजार विस्तार भइरहेको छ,’ उनले भने, ‘त्यसैले मार्केटिङ, डिलर, सब–डिलरले पाउने ४२ प्रतिशतसम्म कमिशन उपक्तालाई नै प्रत्येक हप्ताको सोमबार प्रदान गर्दै आएका छौं ।’ एक जना उपभोक्ता आफ्नो ग्राहक भएपछि उसले नै अर्को ग्राहक खोजेर उत्पादन बिक्री गरी कमिशन प्राप्त गर्दै आएको कार्कीको भनाइ थियो ।
प्रत्येक ग्राहकको बैंक खातादेखि सम्पूर्ण विवरण समावेश गरेपछि उसले बिक्री गरेको प्रोडक्टको विवरण स्वतः गणना भएर कमिशन प्राप्त गर्ने व्यवस्था गरेको उनले बताए ।
अर्थ/वाणिज्य
निर्यातमुखी अर्थतन्त्रतर्फ अग्रसर हुनुपर्छ : योजना आयोगका उपाध्यक्ष अधिकारी
द नेप्लिज संवाददाताउखु किसानको अनुदान रोकिनुमा विचौलियाको प्रभाव त होइन ? : शेखर कोइराला
द नेप्लिज संवाददाताकाठमाडौंको ‘बिरयानी अड्डा’ विराटनगरमा
द नेप्लिज संवाददाताकोशी प्रदेशमा बजेटः कुन वर्षमा कति बजेट, कति आमदानी र कति भयो खर्च ?
द नेप्लिज संवाददातामौद्रिक नीतिमा पूर्वका उद्योगी व्यवसायीको सुझावः मुल्यांकनको ७० प्रतिशत घरजग्गा कर्जाको व्यवस्था हुनुपर्छ
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares