विराटनगर– झापाको हल्दीबारी गाउँपालिका–४ मा जंगली हात्तीको आक्रमणबाट एक जना वृद्धको बिहीबार मृत्यु भएको छ । स्थानीय ७६ वर्षीय भीमप्रसाद भट्टराईको मृत्यु भएको जिल्ला प्रहरी झापाले जनाएको छ ।
चौकी बिराम सामुदायिक वनमा घाँस काट्न गएका बेला भट्टराईमाथि जंगली हात्तीले आक्रमण गरेको र घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । घरबाट ४ किलोमिटर टाढा सामुदायिक वनमा बिहान १० बजे घाँस काट्न गएका वृद्धको शव साँझ ५ बजेतिर स्थानीयले फेला पारेको झापा प्रहरीले जनाएको छ । उनको शव भद्रपुर प्रादेशिक अस्पतालमा पोष्टमार्डम गरेर परिवारजनलाई जिम्मा लगाइने प्रहरीको भनाइ छ ।
समाचार
पूर्वउपमेयर इन्दिरा कार्कीले मन्त्रिपरिषद्को निर्णय वद्दर गराएर स्थानीय तहलाई दिलाइन् घर बहाल कर उठाउने अधिकार
द नेप्लिज संवाददातासरकारमा अहिले मन्त्री फेरबदल हुँदैन : सभापति देउवा
द नेप्लिज संवाददाताजेनजी आन्दोलनले ध्वस्त विराटनगरका सरकारी संरचनाको धुलो टकटक्याएर सेवा सुरु गर्दै
द नेप्लिज संवाददाताभाैतिक पूर्वाधार मन्त्रालय काेशीद्वारा प्रदेशमा भएकाे भाैतिक क्षतिकाे अध्ययन गर्न समिति गठन
द नेप्लिज संवाददातामहासंघद्वारा जिल्ला प्रशासन कार्यालय मोरङको सेवा सुचारुका लागि १० वटा कम्प्युटर सहयोग
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares