विराटनगर– नेपाल पत्रकार महासंघले राजावादीकाे आन्दाेलनका क्रममा पत्रकार सुरेश रजककाे हत्या र मिडिया हाउसहरूमा भएकाे आक्रमणविरूद्ध शनिबार देशभरि प्रदर्शन गरेकाे छ ।
पत्रकार महासंघ माेरङले विराटनगरमा विराेध प्रदर्शन गरेकाु हाे । पत्रकारकाे हत्यारालाई कारवाही गर, मिडिया हाउसमाथिकाे आक्रमण बन्द गरलगायतका नारा लेखिएकाे प्लेकार्डसहित महासंघले विराटनगरमा प्रदर्शन गरेकाे छ ।
नेपाल पत्रकार महासंघले काठमाडाैंस्थित माइतिघर मण्डलामा प्रदर्शन गरेकाे छ । यस्तै, देशभरि रहेका जिल्ला पत्रकार महासंघ शाखाहरूले विराेध प्रदर्शन गरेकाे हाे । पत्रकार महासंघले पहिलाे चरणकाे कार्यक्रमअन्तर्गत विराेध प्रदर्शन गरेकाे छ । शनिबार बस्ने पत्रकार महासंघकाे बैठकले पत्रकारकाे हत्या र मिडिया हाउसमाथि राजावदीकाे आन्दाेलनका क्रममा भएकाे आक्रमणकाे विषयमा अैापचारिक धारणा सार्वजनिक गर्दै छ ।
काठमाडाैंमा शुक्रबार भएकाे राजावादीकाे आन्दाेनकाे घरभित्रबाट भिडियाे खिच्ने क्रममा उक्त घरमा गरिएकाे आगजनीमा जलेर एभिन्यूजका पत्रकार सुरेश रजककाे मृत्यु भएकाे छ । हिंसात्मक बनेकाे राजावादीकाे आक्रमणले मिडिया हाउसमा पनि आक्रमण गरेकाे थियाे ।
समाचार
पूर्वउपमेयर इन्दिरा कार्कीले मन्त्रिपरिषद्को निर्णय वद्दर गराएर स्थानीय तहलाई दिलाइन् घर बहाल कर उठाउने अधिकार
द नेप्लिज संवाददातासरकारमा अहिले मन्त्री फेरबदल हुँदैन : सभापति देउवा
द नेप्लिज संवाददाताजेनजी आन्दोलनले ध्वस्त विराटनगरका सरकारी संरचनाको धुलो टकटक्याएर सेवा सुरु गर्दै
द नेप्लिज संवाददाताभाैतिक पूर्वाधार मन्त्रालय काेशीद्वारा प्रदेशमा भएकाे भाैतिक क्षतिकाे अध्ययन गर्न समिति गठन
द नेप्लिज संवाददातामहासंघद्वारा जिल्ला प्रशासन कार्यालय मोरङको सेवा सुचारुका लागि १० वटा कम्प्युटर सहयोग
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares