विराटनगर- सिरियाको लताकिया र टार्टसमा सेना एवं पूर्वराष्ट्रपति बसर अल-असदका समर्थकहरूबीच केही दिनदेखि भइरहेको हिंसामा २ दिनमा १ हजारभन्दा बढीको मृत्यु भइसकेको सञ्चारमाध्यमहरुले जनाएको छ ।
यो संख्या २०११ मा भएको सिरियाली गृहयुद्ध पछिको सबैभन्दा उच्च भएको सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सले बताएको छ ।
गत वर्ष डिसेम्बरमा बसर अल-असदलाई सत्ताबाट हटाइएपछि सिरियामा भएको यो सबैभन्दा हिंसात्मक भिडन्त हो।
संस्थाका अनुसार दुई दिनमा सुरक्षा बलले अलाविट मुस्लिम समुदायका ७ सय ४५ भन्दा बढी मान्छेहरूको हत्या गरेको छ । धेरैजसोलाई झुण्ड्याएर मारिएको जनाइएको छ।
१ सय ४८ जना असद समर्थक लडाकुहरू र १२५ सुरक्षाकर्मीको पनि मृत्यु भएको छ। गत वर्ष डिसेम्बरको विद्रोहपछि बसर देश छोडेर रुस गएका थिए।
यसपछि सिरियामा लडाकू संगठन हयात तहरीर अल-शाम (HTS) ले सत्ता कब्जा गरेको थियो । सिरियाली सरकारले असदप्रति वफादार लडाकुहरूले सुरक्षा बलमाथि आक्रमण गरेपछि हिंसा भड्किएको आरोप लगाएको छ।
असदका लडाकुहरूले सुरक्षा बलमाथि आवासीय क्षेत्रहरूमा बमबारी गरेको आरोप लगाएका छन्। रिपोर्टका अनुसार सुरक्षा बलले एक व्यक्तिलाई पक्राउ गर्न खोज्दा झडप सुरु भएको थियो। यसपछि सरकारले लताकिया र टार्टसमा ठूलो संख्यामा सेना तैनाथ गरेको छ। साथै कर्फ्यू लगाउने आदेश पनि दिइएको छ।
लताकिया र टार्टस प्रान्तमा भएको हिंसाले अबु मोहम्मद अल-जुलानीको नेतृत्वको सरकारलाई चुनौती दिएको छ। यी क्षेत्रहरू पूर्वराष्ट्रपति बसर अल-असदप्रति वफादार रहेका अलावाइट समुदायको गढ हुन्।
विश्व/प्रवास
टिकटकर सेलिब्रेटी सना युसुफको हत्या किन भयो ?
द नेप्लिज संवाददातामंगोलियाका प्रधानमन्त्री ओयुन एर्डेनका छोराले प्रेमिकासँग महँगा ब्रान्डका झोलाहरू प्रदर्शन गरेपछि...
द नेप्लिज संवाददाता१२ देशका नागरिकलाई अमेरिका यात्रामा प्रतिबन्ध
द नेप्लिज संवाददाताअमेरिकामा नेपालीका लागि २०२५ अगस्त ५ पछिका लागि बसोबास असम्भव
द नेप्लिज संवाददाताएयर इन्डियाको बोइङ दुर्घटनाः २०४ जनाको मृत्यु, ५० जना घाइते
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares