विराटनगर– कांग्रेस महामन्त्री गगन थापाले भिजिट भिसाको विषय अख्तियारले सुरु गरेकोले छानबिनपछि सबै कुरो छर्लङ्ग हुने बताएका छन् । विराटनगरमा पत्रकारसँगको कुराकानीमा शुक्रबार उनले भिजिट भिसा प्रकरण कर्मचारीबाट सुरु भएकोले राजनीतिक नेतृत्वको संलग्नता भए नभएको अख्तियारको छानबिनले देखाउने बताएका हुन् । राजनीतिक नेतृत्वको संलग्नता अख्तियारले पुष्टि गरेको अबस्थामा गृहमन्त्री रमेश लेखकमाथि कारवाही हुन्छ र पुष्टि नभएपछि कुनै विषय नै नरहने महामन्त्री थापाको भनाइ थियो ।
अध्यक्ष माधवकुमार नेपालसँग राजनीतिक प्रतिशोधन लिन अख्तियारमा फसाएको नेकपा एकिकृत समाजवादीको आरोपको विषयमा महामन्त्री थापाले अख्तियारले छानविन गरी मुद्दा अदालतमा दायर गरिसकेको र अदालतमा विचाराधिन रहेको मुद्दाको विषयमा टिप्पणी गर्नु उचित नहुने र अदालतले निर्दोष देखिए सफाई दिने र दोषी ठहर भए सजाय दिनेमा आफू विश्वस्त रहेको बताएका छन् ।
महामन्त्री थापाले अहिलेको सरकारले जनभावना अनुसार प्रभावकारी ढंगले काम गर्न नसकेको कांग्रेस सभापति शेरबहादुर देउवाले समेत भनिसक्नुभएकोले यसमा धेरै बहस गर्नुको औचित्य नभएको बताए । उनले अब चाँडै बस्ने पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा सरकारको कामको विषयमा छलफल गरेर निर्णय लिने बताए ।
उनले आफू पार्टीको महामन्त्री भएकोले पार्टीका सबै नेतासँग भेटेर भातृ संगठनहरुको महाधिवेशन र पार्टीको क्रियाशील सदस्यता विवादको बारेमा छलफल गर्नुपर्ने दायित्व भएकोले शेखर कोइरलासँग् भेटेको विषयलाई अनावश्यक रुपमा लिन नहुने बताएका छन् । उनले पार्टीको क्रियाशील सदस्यता विवाद सबै नेताहरुलाई आ–आफ्ना निर्वाचन क्षेत्रमा टुंग्याउन आग्रह गरेका छन् । उनले क्रियाशील सदस्यता विवाद पार्टीको महाधिवेशन हुने दिनसम्म टुंग्याउने परम्परा रहेको तर आफूले चाँडै टुंग्याउने रणनीतिका साथ अघि बढेको बताएका हुन् ।
समाचार
पूर्वउपमेयर इन्दिरा कार्कीले मन्त्रिपरिषद्को निर्णय वद्दर गराएर स्थानीय तहलाई दिलाइन् घर बहाल कर उठाउने अधिकार
द नेप्लिज संवाददातासरकारमा अहिले मन्त्री फेरबदल हुँदैन : सभापति देउवा
द नेप्लिज संवाददाताजेनजी आन्दोलनले ध्वस्त विराटनगरका सरकारी संरचनाको धुलो टकटक्याएर सेवा सुरु गर्दै
द नेप्लिज संवाददाताभाैतिक पूर्वाधार मन्त्रालय काेशीद्वारा प्रदेशमा भएकाे भाैतिक क्षतिकाे अध्ययन गर्न समिति गठन
द नेप्लिज संवाददातामहासंघद्वारा जिल्ला प्रशासन कार्यालय मोरङको सेवा सुचारुका लागि १० वटा कम्प्युटर सहयोग
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares