राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनको आरोप
काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले हालका प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापामाथि गम्भीर राजनीतिक पूर्वाग्रहको आरोप लगाएका छन् ।
काठमाडौँको बल्खुमा मंगलबार आयोजित ‘खबरदारी सभा’मा बोल्दै अध्यक्ष लिङ्देनले आईजीपी थापा नेकपा (एमाले) निकट युवा संघका सहअध्यक्ष रहेको दाबी गरेका हुन् । उनले उक्त सभामा यससँग सम्बन्धित प्रमाण भने पेस गरेनन् ।
उनले यो अभिव्यक्ति दिंदा उपस्थित नागरिक समुदाय र सुरक्षामा खटिएका सुरक्षाकर्मी पनि हाँसेको समाचार संकलनका लागि त्यहाँ उपस्थित एक सञ्चारकर्मीले बताए । उनले भने,‘सत्य वा झुठ जे भए पनि सबैले स्वाद लिएर सुनेका थिए, रमाएका थिए ।’
गत चैत १५ मा तीनकुनेमा भएको प्रदर्शनका क्रममा प्रयोग गरिएको अश्रुग्यासबारे पनि लिङ्देनले कटाक्ष गरे । भने, ‘गृहमन्त्रीले आदेश दिए होलान्, प्रहरी चले होलान् भनेको त अहिलेको प्रहरी प्रमुख त एमालेको युवा संघको सहअध्यक्ष पो रहेछ, ले हेर्नुस् त । ए... हामीले भेटेका अश्रुयग्यासका खोस्टाहरू दुर्गा प्रसाईंले हानेका हुन् । त्यो प्रहरी प्रमुख हामीले हानेको अश्रुग्यास कसरी डेट–एक्पाइरी हुन सक्छ भन्छ लाजैबिना ।’
अध्यक्ष लिङ्देनले प्रहरीलाई राजनीतिक तटस्थतामा बस्न सुझाव दिए । ‘प्रहरी राजनीतिक दलको भातृसंगठनजस्तो नभइ प्रहरीकै हैसियतमा बस्नुपर्छ,’ उनले जोड दिए । आईजीपी थापा राजनीतिक रूपमा कुनै दलसँग आवद्ध रहेको प्रमाण औपचारिक रूपमा भने सार्वजनिक भएको छैन ।’ लिङ्देनको आरोपप्रति प्रहरी प्रशासन वा सत्तारूढ दल एमालेबाट भने हालसम्म प्रतिक्रिया आएको छैन ।
लिङ्देनले यो सभाको क्रममा भएको फोहोर आफै टिपेर जान कार्यकर्ताहरूलाई निर्देशन दिएका छन् । साथै उनले हतारहतार जरिवाना पत्र काटेर हिरो नबन्न काठमाडौँ महानगरका मेयर बोलन साहलाई सुझाव पनि दिए । यसअघि तीनकुनेमा प्रदर्शनपछि महानगरपालिकाको कार्यालयले पूर्वराजा ज्ञानेन्द्र शाहको नाममा ७ लाख ९३ हजार रुपैयाँको जरिवाना पत्र काटेको थियो ।
समाचार
पूर्वउपमेयर इन्दिरा कार्कीले मन्त्रिपरिषद्को निर्णय वद्दर गराएर स्थानीय तहलाई दिलाइन् घर बहाल कर उठाउने अधिकार
द नेप्लिज संवाददातासरकारमा अहिले मन्त्री फेरबदल हुँदैन : सभापति देउवा
द नेप्लिज संवाददाताजेनजी आन्दोलनले ध्वस्त विराटनगरका सरकारी संरचनाको धुलो टकटक्याएर सेवा सुरु गर्दै
द नेप्लिज संवाददाताभाैतिक पूर्वाधार मन्त्रालय काेशीद्वारा प्रदेशमा भएकाे भाैतिक क्षतिकाे अध्ययन गर्न समिति गठन
द नेप्लिज संवाददातामहासंघद्वारा जिल्ला प्रशासन कार्यालय मोरङको सेवा सुचारुका लागि १० वटा कम्प्युटर सहयोग
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares