कोशी प्रदेशसभामा आर्थिक मामिला तथा योजनामन्त्री मगरले बजेट प्रस्तुत गर्दै
विराटनगर– कोशी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर राणा मगरले आउँदो वर्ष २०८२–०८३ का लागि प्रदेशसभामा बजेट प्रस्तुत गर्दै छन् ।
मन्त्री मगरले बजेट प्रस्तुत गर्दै समग्र आर्थिक आधारको सवलीकरण गरी उच्च दिगोर फराकिलो आर्थिक वृद्धि हासिल गर्न, सार्वजनिक निजी साझेदारीको माध्यमबाट लगानी विस्तार गरी रोगजारीको सिर्जना र प्रदेशको समग्र आयमा वृद्धि गर्ने, कृषि र उद्योग क्षेत्रमा उत्पादन र उत्पादकत्व वृद्धि गरी राष्ट्रिय पूँजीको निर्माण गर्ने, भौगोलिक क्षेत्रको सन्तुलित एवं समन्यायिक विकास गर्ने, सार्वजनिक सेवा प्रवाह र सुशासन प्रवद्र्धन गर्नेलगायत उद्देश्यले बजेट ल्याएको बताएका छन् ।
स्वस्थ्य माटो र स्वच्छ वाली विकासका लागि स्थानीय तहको समन्वयमा प्रांगारिक मलको प्रयोग वृद्धिका लागि ११ करोड बजेट विनियोजन गरेको उनले बताए । अलैंची प्रशोधन, प्रबद्र्धनका लागि १६ करोड ५० लाख, कृषि कर्जाका लागि १४ करोड, प्रमुख शहरमा बधशाला तथा सलटर हाउस निर्माणका लागि ७ करोड, खोरेत रोग नियन्त्रणका लागि २२ करोडसहित कृषि, उद्योग तथा सहकारी क्षेत्रका लागि २ अर्ब १८ करोड बजेट विनियोजन गरेको छ ।
अर्थ/वाणिज्य
प्रदेशसभाबाट कोशी प्रदेश सरकारले आउँदो वर्षका लागि ल्याएको बजेट पारित
द नेप्लिज संवाददातासञ्चारकर्मी सहकारीद्वारा चार पुरस्कारका लागि नाम छनोट, असार २७ गते पुरस्कृत गरिने
द नेप्लिज संवाददातामौद्रीक नीति : नीतिगत दर घट्यो, निजी क्षेत्रतर्फको कर्जा वृद्धि १२ प्रतिशत (पूर्णपाठ)
द नेप्लिज संवाददातारंगेली सवस्टेशनमा २४ एम्भीएको पावर ट्रान्सफर्मर जडान, सेवाग्राहीलाई विद्युत आपुर्ति सहज बन्दै
द नेप्लिज संवाददातावनमन्त्रीको गृह जिल्लामा नै बिरुवा उत्पादनै नगरी भुक्तानी
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares