विराटनगर– बागमती प्रदेशका सहकारी तथा गरिबी निवारणमन्त्री मदुकुमार श्रेष्ठका स्वकीय सचिव ३६ वर्षीय रवि थापाले विष सेवन गरी आत्महत्या गरेको खुलेको छ । काठमाडौँको कलंकीस्थित सहिद मेमोरियल अस्पतालमा उपचारको क्रममा सोमबार उनको मृत्यु भएको हो ।
विषादी सेवन पछि साथीको कोठामा अचेत फेला परेका थापालाई तत्काल अस्पताल लगिएको प्रहरी परिसर काठमाडौँले जनाएको छ । धादिङ, धुनीबेसी–९ का थापाले कलंकीस्थित एक साथीको डेरामा कोही नभएको मौकामा दिउँसो २ बजे विषादी सेवन गरेको प्रहरीको सोधपुछमा खुलेको छ ।
थापाको साथबाट फेला परेको एक पेजको पत्र (सुसाइड नोट) मा सहकारीको पैसा लेनदेनको विषयमा आफूलाई जोडिएकोले बेइज्जत महसुस भएको उल्लेख गरेका छन् । थापा गत शुक्रबार मन्त्री श्रेष्ठसँगै काठमाडौँ गएका थिए । काम विशेषले मन्त्री श्रेष्ठ शनिबार रौतहटमा जानुपर्ने भएकाले थापालाई काठमाडौँमै छोडेर फर्किएका थिए ।
सुमेरु सहकारीका विषयमा गत आइतबार सार्वजनिक भएको अडियोका सन्दर्भमा थापाको नाम जोडिएको प्रहरीको भनाइ छ । सुमेरु सहकारीका पूर्वसचिवसमेत रहेका विनोद आचार्यसँग उक्त सहकारीको समस्या मिलाउने विषयमा कुराकानी भएको भनिएको अडियो क्लिप सार्वजनिक भए पछि थापाले आत्महत्या गरेका हुन् ।
अडियो क्लिपको परीक्षण रिपोर्ट पछि थप प्रक्रिया अघि बढाउने प्रहरीले जनाएको छ । मृतक थापाको साथबाट प्राप्त पत्रमा मन्त्री श्रेष्ठ र सचिवालयले राम्रो काम गरेकाले बदनाम गर्न आफ्नो अडियो सम्पादन गरी प्रयोग गरेको विवरण रहेको छ ।
स्वकीय सचिव थापाको अडियोमा उल्लेख भएको सुमेरु सहकारीलाई मन्त्रालयले गत पुस २८ मा समस्याग्रस्त सहकारी घोषणा गरेको थियो । सहकारीले मन्त्रालयको निर्णयको विरुद्धमा सर्वोच्चमा रिटसमेत दायर गरेर अल्पकालीन आदेश लिएको छ । उक्त सहकारीको विषयमा सर्वोच्चले छलफलका लागि दुवै पक्षलाई बोलाएको छ ।
समाचार
पूर्वउपमेयर इन्दिरा कार्कीले मन्त्रिपरिषद्को निर्णय वद्दर गराएर स्थानीय तहलाई दिलाइन् घर बहाल कर उठाउने अधिकार
द नेप्लिज संवाददातासरकारमा अहिले मन्त्री फेरबदल हुँदैन : सभापति देउवा
द नेप्लिज संवाददाताजेनजी आन्दोलनले ध्वस्त विराटनगरका सरकारी संरचनाको धुलो टकटक्याएर सेवा सुरु गर्दै
द नेप्लिज संवाददाताभाैतिक पूर्वाधार मन्त्रालय काेशीद्वारा प्रदेशमा भएकाे भाैतिक क्षतिकाे अध्ययन गर्न समिति गठन
द नेप्लिज संवाददातामहासंघद्वारा जिल्ला प्रशासन कार्यालय मोरङको सेवा सुचारुका लागि १० वटा कम्प्युटर सहयोग
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares