अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) का अनुसार हाल विश्वभर करिब ४ करोड मानिस कुनै न कुनै रूपको आधुनिक दासत्वको सिकार छन् ।
विराटनगर– आज दासताविरुद्धको अन्तर्राष्ट्रिय दिवस विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । संयुक्त राष्ट्रसंघको आह्वानमा सन् २००७ देखि मनाउन थालिएको यो दिवस विशेषगरी ऐतिहासिक ‘ट्रान्सएटलान्टिक’ दास व्यापार र त्यसबाट पीडित भएका लाखौँ मानवको सम्झनामा समर्पित छ ।
यो दिवस संयुक्त अधिराज्यमा सन् १८०७ मा पारित भएको ‘दास व्यापार उन्मूलन ऐन’ को सम्झनामा मनाइन्छ । उक्त ऐनले कुनै पनि व्यक्तिलाई दासका रूपमा बेचबिखन, स्थानान्तरण, प्रयोग वा दासको रूपमा व्यवहार गर्न पूर्ण रूपमा निषेध गर्यो । औद्योगिक क्रान्तिको सुरुआतसँगै अफ्रिकी मुलुकहरूबाट लाखौँ मान्छेलाई श्रमशक्ति शोषणका लागि अमेरिकालगायत विकसित राष्ट्रहरूमा दासका रूपमा लगिएको थियो । यो ऐन दासत्वको अन्त्यतर्फको ऐतिहासिक कदमका रूपमा हेरिन्छ ।
दासत्व इतिहासमै नराम्रो सामाजिक कलंकका रूपमा चिनिन्छ, जसको प्रभाव आधुनिक समाजमा पनि परिरहेको छ । हाल विश्वभर श्रम शोषण, मानव तस्करी, जबर्जस्ती बालश्रम, घरेलु शोषण, ऋण बन्धनजस्ता रूपहरूमा नयाँ प्रकारको दासत्व कायम छ । अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) का अनुसार हाल विश्वभर करिब ४ करोड मानिस कुनै न कुनै रूपको आधुनिक दासत्वको सिकार छन् ।
आजको दिन दासत्वविरुद्धको ऐतिहासिक संघर्ष स्मरण गर्दै श्रमिकहरूको सम्मान र उनीहरूको हकहित सुनिश्चित गर्ने अभियानलाई सशक्त बनाउने अवसर हो । संसारभरका श्रमिकले ससम्मान पारिश्रमिकसहित काम गर्न पाउनुपर्छ भन्ने चेतना जगाउन यो दिवस महत्वपूर्ण मानिन्छ ।
यस अवसरमा न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघीय प्रधान कार्यालयमा विशेष कार्यक्रम आयोजना हुँदैछ । कार्यक्रममा नोबेल पुरस्कार विजेता ओल सोइन्काले प्रवचन दिने कार्यक्रम छ । यो दिवसले हामीलाई मानव स्वतन्त्रता, सम्मान र न्यायको पक्षमा उभिन प्रेरित गर्छ । आधुनिक समाजले दासत्वका सबै रूपहरू अन्त्य गर्दै श्रमजीवी वर्गको हकहित सुनिश्चित गर्नैपर्छ ।
समाचार
पूर्वउपमेयर इन्दिरा कार्कीले मन्त्रिपरिषद्को निर्णय वद्दर गराएर स्थानीय तहलाई दिलाइन् घर बहाल कर उठाउने अधिकार
द नेप्लिज संवाददातासरकारमा अहिले मन्त्री फेरबदल हुँदैन : सभापति देउवा
द नेप्लिज संवाददाताजेनजी आन्दोलनले ध्वस्त विराटनगरका सरकारी संरचनाको धुलो टकटक्याएर सेवा सुरु गर्दै
द नेप्लिज संवाददाताभाैतिक पूर्वाधार मन्त्रालय काेशीद्वारा प्रदेशमा भएकाे भाैतिक क्षतिकाे अध्ययन गर्न समिति गठन
द नेप्लिज संवाददातामहासंघद्वारा जिल्ला प्रशासन कार्यालय मोरङको सेवा सुचारुका लागि १० वटा कम्प्युटर सहयोग
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares