काठमाडौँ — अदालतको आदेशको पालना गर्दै प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई शुक्रबार साँझ बुढानीलकण्ठ स्थित हेपाली हाइट निवासबाट पक्राउ गरेको छ । उच्च अदालत तुलसीपुरको बुटवल इजलासले सहकारी ठगी र संगठित अपराधमा लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो ।
बुटवलको सुप्रिम सहकारी प्रकरणमा रुपन्देही जिल्ला अदालतले १ करोड धरौटी रकम मागेको आदेशमा चित्त नबुझाएर लामिछानेले उच्च अदालतमा निवेदन दिएका थिए । उच्चले जिल्लाको आदेश बदर गरेर उनलाई थुनामै राख्ने आदेश गरेको छ ।
उक्त आदेश लगतै रविलाई पक्रिन प्रहरी घरमै पुगेको थियो । रास्वपा एक नेताका अनुसार केही सादा पोशाकका सहित प्रहरीहरू उनको घर पुगेर उनलाई पक्राउ गरेका हुन् । उनलाई रुपन्देही पठाउने तयारी काठमाडौं प्रहरीले गरेको छ । प्रहरी आफ्नो घरमा आइसकेपछि लामिछानेले भने गिरफ्तारी दिन लागेको सामाजिक संजाल फेसबुकमा लेखेका छन् ।
‘सम्मानित अदालतको आदेशको सम्मान गर्दै म आफै आजै, अहिले नै गिरफ्तारी दिँदैछु । साथै न्यायालयका अन्य ढोकाहरू मेरा लागि खुल्ला होलान् नै । न्यायका लागि दुनियाँका सबै ढोका ढकढकाउँछु,’ रविले लेखेका छन् ।
आफूमाथि अन्याय भएको पनि रविले लेखेका छन् । ‘ममाथि ठूलो अन्याय भएको छ,’ उनले भनेका छन् । उनले पार्टीको शनिबार आयोजना हुन लागेको चितवनको कार्यक्रम नरोक्न पनि आग्रह गरेका छन् । उनलाई आज राति जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा राखिने बताइएको छ। उनलाई शनिबार रुपन्देही लगिने छ।
उच्च अदालत तुलसीपुरको बुटवल इजलासले बुटवलको सुप्रिम सहकारी ठगी र संगठित अपराधसम्बन्धी कसुरमा लामिछानेलाई पूर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो । न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीको इजलासले रविलाई धरौटीमा छाड्ने जिल्ला अदालत रुपन्देहीको आदेश बदर गरेको थियो ।
योसँगै गोरखा मिडिया नेटवर्कका तत्कालीन सञ्चालक छविलाल जोशीलाई थुनामा पठाउने जिल्ला अदालतको आदेश पनि उच्चले सदर गरेको उपरजिस्ट्रार हरिगोपाल ज्ञवालीले जानकारी दिए ।
समाचार
पूर्वउपमेयर इन्दिरा कार्कीले मन्त्रिपरिषद्को निर्णय वद्दर गराएर स्थानीय तहलाई दिलाइन् घर बहाल कर उठाउने अधिकार
द नेप्लिज संवाददातासरकारमा अहिले मन्त्री फेरबदल हुँदैन : सभापति देउवा
द नेप्लिज संवाददाताजेनजी आन्दोलनले ध्वस्त विराटनगरका सरकारी संरचनाको धुलो टकटक्याएर सेवा सुरु गर्दै
द नेप्लिज संवाददाताभाैतिक पूर्वाधार मन्त्रालय काेशीद्वारा प्रदेशमा भएकाे भाैतिक क्षतिकाे अध्ययन गर्न समिति गठन
द नेप्लिज संवाददातामहासंघद्वारा जिल्ला प्रशासन कार्यालय मोरङको सेवा सुचारुका लागि १० वटा कम्प्युटर सहयोग
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares