विराटनगर– सिरहाकी किशोरी रिंकुकुमारी सदायको शंकास्पद मृत्यु प्रकरणमा प्रहरीले ८ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ । छानबिन समितिका संयोजक तथा एसएसपी शान्तिराज कोइरालाले आठ जनासँग सोधपुछ भइरहेको बताए । प्रहरीले नियन्त्रणमा लिइएकाहरूमा पञ्चायी बस्नेदेखि प्रत्यक्षदर्शी लगायत छन् । अवस्था हेरेर छाड्ने सकिने वा मतियारमा मुद्दा चलाउन समेत सकिने उनले बताए ।
‘अनुसन्धान हुँदैछ, अवस्था हेरेर मुद्दा चलाउने वा छाड्ने भन्ने निर्णय हुन्छ,’ उनले भने । उनीहरुका विरुद्ध जाहेरी भने नपरेको प्रहरीले जनाएको छ । सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुरकी १७ वर्षीया किशोरी रिंकु ३० माघमा घरमा झुण्डिएको भेटिएकी थिइन् । त्यअघि २७ माघमा राति शौच गर्न बाहिर निस्केकी रिंकु ६ घण्टासम्म परिवारको सम्पर्कमा थिइनन् । उनी बिहानीपख ३ बजे घरमा अचेत अवस्थामा फेला परेकी थिइन् । उक्त घटनामा गाउँमा पञ्चायती बसेर क्षतिपूर्ति वापत बलात्कारका पीडकबाट १ लाख ४० हजार रुपैयाँ दिन लगाउने निर्णय भएको थियो । तर पञ्चायती नमिल्दा पीडक पक्षद्वारा प्रहरीमा गएर मुख नखोल्नु भन्ने धम्कि पछि पीडित घरमा झुण्डिएको अवस्थामा मृत्य फेला परेकी थिइन् ।
उनले परिवारजन र समाज सामु आफूसँग सामूहिक बलात्कार भएको बताएकी थिइन् । यो अपराध भित्रभित्रै मिलाएर सामसुम पार्न गाउँमै पञ्चायत बसेको थियो । रिंकुलाई राती बेपत्ता पार्ने तीन युवक सहित गाउँमा भेला गराएर घटना दबाउनेहरुलाई प्रहरीले खोजीरहेको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट अहिलेसम्म रिंकुको शव पोस्टमार्टम रिपोर्ट नआएको कोइरालाले बताए ।
यता सिरहाको छिमेकी जिल्ला सप्तरीको राजविराजमा आइतबार रिंकुकुमारीको न्यायका लागि दबाब स्वरूप खबरदारी प्रदर्शन गरिएको छ । नेपाल राम समाजको आयोजना तथा दलित सम्बन्धी विभिन्न संघ–संस्थाको समन्वयमा प्रदर्शन भएको हो । दलित समुदायमाथि बलात्कार, हत्या, अपहरण, उठिबास, छुवाछुत र दमन शोषण भइरहेको आरोप लगाउँदै प्रदर्शनकारीले संलगनहरुलाई कडा कारबाहीको माग गरेका छन् । रिंकुको सामूहिक बलात्कार र शंकास्पद मृत्यु घटनाको सूक्ष्म छानबिन गरी दोषीलाई कारबाही तथा पीडित परिवारलाई न्यायका लागि राज्यपक्ष जिम्मेवार हुनुपर्ने माग समेत उनीहरुको माग छ ।
समाचार
योगले आत्मा, शरीर र मनबीचको सन्तुलन कायम गराउँछः उपराष्ट्रपति यादव
द नेप्लिज संवाददातासंकटमा उद्धार चाहिँ भैयाले नै गर्छ...
द नेप्लिज संवाददाताकोशी सरकारबिरुद्ध कारण देखाउ आदेश
द नेप्लिज संवाददातादृष्टिको ‘सेटिङ रिपोर्ट’ अब न्यायिक परीक्षणमा : शम्भु श्रेष्ठमाथि फौजदारी प्रक्रिया सुरू
द नेप्लिज संवाददातामनमोहन प्राविधिक विश्वविद्यालय पार्टी विश्वविद्यालय भएको छः पूर्वमुख्यमन्त्री कार्की
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares