२२ असोज २०८२, बुधबार 08 Oct 2025, Wednesday

सुरक्षण मुद्रण केन्द्र भ्रष्टाचार काण्ड

पूर्वकार्यकारी निर्देशक विकल पौडेलसहित तीन जनालाई कैद र करोडौँ जरिवाना

द नेप्लिज संवाददाता
२१ वैशाख २०८२, आइतबार

काठमाडौँ — सुरक्षण मुद्रण केन्द्रमा उपकरण खरिद प्रक्रियामा भ्रष्टाचार गरेको ठहर गर्दै विशेष अदालतले तत्कालीन कार्यकारी निर्देशक विकल पौडेललाई एक वर्ष छ महिनाको कैद सजायसहित करोडौँ जरिवाना गर्ने फैसला सुनाएको छ। अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू तेजनारायण सिंह राई र रामबहादुर थापाको इजलासले आइतबार सुनाएको फैसलामा पौडेलमाथि १३ करोड ५८ लाख ५२ हजार ५८० रुपैयाँ बिगो बराबरको जरिवाना गरिएको छ।

साथै उनी कार्यकारी निर्देशक पदमा रहेर भ्रष्टाचार गरेको प्रमाणित भएकाले थप ६ महिनाको कैदसमेत तोकिएको छ। उक्त मुद्दाका अन्य प्रतिवादी म्याक्स इन्टरनेसनल प्रालि र त्यसका सीईओ अकबर हुसेनलाई पनि दोषी ठहर गर्दै समान जरिवाना र बिगो असुल गर्न आदेश दिइएको छ।

अकबर हुसेनलाई समेत १ वर्ष ६ महिनाको कैद सजाय तोकिएको छ। तीनै दोषी— विकल पौडेल, म्याक्स इन्टरनेसनल र अकबर हुसेनले जनही ५४ लाख ३४ हजार १०३ रुपैयाँ क्षतिपूर्ति रकम पीडित राहत कोषमा दाखिला गर्नुपर्ने विशेष अदालतको आदेश छ।
 

प्रकाशित : २१ वैशाख २०८२, आइतबार 20:36

थप समाचार

अर्थ/वाणिज्य

मौद्रीक नीति : नीतिगत दर घट्यो, निजी क्षेत्रतर्फको कर्जा वृद्धि १२ प्रतिशत (पूर्णपाठ)

द नेप्लिज संवाददाता

रंगेली सवस्टेशनमा २४ एम्भीएको पावर ट्रान्सफर्मर जडान, सेवाग्राहीलाई विद्युत आपुर्ति सहज बन्दै

द नेप्लिज संवाददाता

वनमन्त्रीको गृह जिल्लामा नै बिरुवा उत्पादनै नगरी भुक्तानी

द नेप्लिज संवाददाता

एउटा आर्थिक वर्षमा भूक्तानी लिएर अर्को आर्थिक वर्षमा नर्सरीमा बिरुवा ग्रेडिङ र खाली पोलिथिनमा धमाधम बिरुवा रोप्दै

द नेप्लिज संवाददाता

मुलुकमा रोजगारी सिर्जना गर्न युवालाई उद्यमशीलता र नवप्रवर्तनसँग जोड्नु आवश्यक : अध्यक्ष राउत

द नेप्लिज संवाददाता
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
निर्देशक : अमरेन्द्र प्रसाद यादव, ९८४२८४४४४४
प्रबन्धक र सम्पादक : देवनारायण साह, ९८५२८३४४८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved