विराटनगर– आकर्षक तलबका साथ विभिन्न देश पठाइदिन्छु भनेर रकम ठग्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा ललितपुरको ललितपुर–१४ बस्ने चितवन भरतपुर–१७ का ४६ वर्षीय अंगद कुमार जोशी, काठमाडौँ–२६ बस्ने गोरखा बारपाक सुलिकोट–४ का ४७ वर्षीय जगदिश्वर पनेरू र काठमाडौँ–३ बस्ने उदयपुर उदयपुरगढी–१ का ३३ वर्षीय नर माया कार्की छन् ।
पक्राउ मध्ये अंगदले जापान पठाइदिन्छु भन्दै १ पीडितबाट ११ लाख ६० हजार रूपैयाँ, जगदिश्वरले क्रोएसिया पठाइदिन्छु भन्दै १ पीडितबाट २ लाख रूपैयाँ र नर मायाले क्रोएसिया पठाइदिन्छु भन्दै १ पीडितबाट १ लाख ९९ हजार रूपैयाँ लिएर सम्पर्कविहिन भएको पीडितहरूले प्रहरीमा उजुरी दिएका थिए ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरीले अंगदलाई काठमाडौँको नागार्जुन–१ बाट सोमबार तथा जगदिश्वरलाई काठमाडौँ–१२ बाट र नर मायालाई काठमाडौँ–३ बाट मंगलबार पक्राउ गरेको हो ।
समाचार
योगले आत्मा, शरीर र मनबीचको सन्तुलन कायम गराउँछः उपराष्ट्रपति यादव
द नेप्लिज संवाददातासंकटमा उद्धार चाहिँ भैयाले नै गर्छ...
द नेप्लिज संवाददाताकोशी सरकारबिरुद्ध कारण देखाउ आदेश
द नेप्लिज संवाददातादृष्टिको ‘सेटिङ रिपोर्ट’ अब न्यायिक परीक्षणमा : शम्भु श्रेष्ठमाथि फौजदारी प्रक्रिया सुरू
द नेप्लिज संवाददातामनमोहन प्राविधिक विश्वविद्यालय पार्टी विश्वविद्यालय भएको छः पूर्वमुख्यमन्त्री कार्की
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares