विराटनगर– आफूलाई षड्यन्त्रपूर्वक थुनामा पठाइएको भन्दै नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह विष्टविरुद्ध उच्च अदालत पाटनमा सोमबार रिट निवेदन दायर गरेका छन्।
चौधरीले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ७३ अनुसार वेरीत तथा त्रुटिपूर्ण आदेश बदर गर्न माग गर्दै प्रतिवादीलाई थुनामा राखी मुद्दाको पुर्पक्ष गर्न अनुरोध गरेका छन्।
गत वैशाख १७ मा जनमत पार्टी (सीके राउत) र नागरिक उन्मुक्ति पार्टी (अध्यक्ष रञ्जिता श्रेष्ठ) बीचको एकीकरण कार्यक्रममा सहभागी हुन कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठान पुगेका चौधरीलाई प्रहरीले पक्राउ गरी डिल्लीबजार कारागारमा राखेको थियो।
चौधरीका अनुसार शाखा अधिकृत विष्टले अदालतको पत्र किर्ते गरी प्रहरीलाई पठाएर आफूलाई मनोमानी ढंगले पक्राउ गराएका थिए। उक्त पत्र किर्ते रहेको पुष्टि भएपछि चौधरी पाँच घण्टापछि रिहा भएका थिए भने विष्ट प्रहरी हिरासतमा पुगेका थिए। विष्टलाई जेठ ५ मा एक लाख रुपैयाँ धरौटीमा रिहा गरिएको थियो।
चौधरीले दायर गरेको निवेदनमा भनिएको छ, ‘विष्टले अदालतको अधिकार क्षेत्रभन्दा बाहिर गइ अन्य पदाधिकारीको जिम्मेवारी मनोमानी रूपमा ग्रहण गर्दै अदालतको लेटरहेड, छाप र पदको दुरुपयोग गरेका छन्। उक्त कार्य मुलुकी फौजदारी संहिता, २०७४ को दफा २७६ अनुसार अपराध सरह भएको भन्दै चौधरीले उनलाई हदैसम्मको कानुनी कारबाही गर्न माग गरेका छन्।
उनले आफ्नो पक्राउ पूर्वनियोजित षड्यन्त्रका आधारमा भएको भन्दै यसले पुर्याएको मानसिक, सामाजिक तथा राजनीतिक क्षतिको उचित मूल्यांकन गर्न र प्रतिवादीलाई थुनामा राखी पुर्पक्ष गर्ने आदेश माग गरेका छन्।
#रेशम#महिमानसिंह
समाचार
पूर्वउपमेयर इन्दिरा कार्कीले मन्त्रिपरिषद्को निर्णय वद्दर गराएर स्थानीय तहलाई दिलाइन् घर बहाल कर उठाउने अधिकार
द नेप्लिज संवाददातासरकारमा अहिले मन्त्री फेरबदल हुँदैन : सभापति देउवा
द नेप्लिज संवाददाताजेनजी आन्दोलनले ध्वस्त विराटनगरका सरकारी संरचनाको धुलो टकटक्याएर सेवा सुरु गर्दै
द नेप्लिज संवाददाताभाैतिक पूर्वाधार मन्त्रालय काेशीद्वारा प्रदेशमा भएकाे भाैतिक क्षतिकाे अध्ययन गर्न समिति गठन
द नेप्लिज संवाददातामहासंघद्वारा जिल्ला प्रशासन कार्यालय मोरङको सेवा सुचारुका लागि १० वटा कम्प्युटर सहयोग
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares