विराटनगर — अर्घाखाँचीको शितगंगा–२ भुवनपाटामा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुगेको छ । अर्घाखाँचीबाट नवलपरासीतर्फ जाँदै गरेको लु २ ख ३०३ नम्बरको बस ओरालोमा सडकबाट तल खसेको थियो ।
प्रहरीका अनुसार रुपन्देही बुटवल–८ का ५५ वर्षीय जमुना बस्याल, नवलपरासी पश्चिम भुमहीका अन्दाजी ४५ वर्षीया उमा न्यौपाने र उमाकी सासु ६५ वर्षीया (नाम नखुलेकी) को मृत्यु भएको छ । साथै पश्चिम बर्दघाटका बस चालक ५० वर्षीय मदनकुमार विक पनि दुर्घटनामा परी मृत्यु भएको प्रहरीले भनेको छ ।
प्रहरीका अनुसार दुर्घटनामा २८ यात्रु गंभीर घाइते भएका छन् । गम्भीर घाइते यात्रुहरूमध्ये नवलपरासी बर्दघाट नगरपालिका–१२ का ३६ वर्षीय सन्तोष कँडेल, ४ वर्षीय अमर कँडेल, ३१ वर्षीय आशीष अधिकारी, २७ वर्षीया लक्ष्मी अधिकारी, ४ वर्षीय आन्दा अधिकारी र १४ वर्षीय आयान्स अधिकारीलाई थप उपचारका लागि बुटवल पठाइएको छ । अन्य घाइतेहरूको प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा उपचार भइरहेको छ।
प्रहरीका अनुसार नवरपरासीबाट अर्घाखाँची भ्रमण गरेर फर्किंदै गर्दा बसको ब्रेक फेल भएर दुर्घटना भएको अनुमान गरिएको छ । यस दुर्घटनाले अझै पनि स्थानीय समुदाय र यातायात क्षेत्रमा सुरक्षा उपायहरूको महत्वलाई स्पष्ट गरेको छ ।
समाचार
पूर्वउपमेयर इन्दिरा कार्कीले मन्त्रिपरिषद्को निर्णय वद्दर गराएर स्थानीय तहलाई दिलाइन् घर बहाल कर उठाउने अधिकार
द नेप्लिज संवाददातासरकारमा अहिले मन्त्री फेरबदल हुँदैन : सभापति देउवा
द नेप्लिज संवाददाताजेनजी आन्दोलनले ध्वस्त विराटनगरका सरकारी संरचनाको धुलो टकटक्याएर सेवा सुरु गर्दै
द नेप्लिज संवाददाताभाैतिक पूर्वाधार मन्त्रालय काेशीद्वारा प्रदेशमा भएकाे भाैतिक क्षतिकाे अध्ययन गर्न समिति गठन
द नेप्लिज संवाददातामहासंघद्वारा जिल्ला प्रशासन कार्यालय मोरङको सेवा सुचारुका लागि १० वटा कम्प्युटर सहयोग
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares