रिंकुकुमारी सदाको बलात्कारपछि शंकास्पद मृत्यु घटना
विराटनगर– सिरहाको नवराजपुर–१ भगवतीपुरकी १७ वर्षीया रिंकुकुमारी सदाको बलात्कार तथा शंकास्पद मृत्यु घटनामा पक्राउ परेका अभियुक्तहरूलाई प्रहरीले औपचारिक रुपले शुक्रबार सार्वजनिक गरेको छ ।
जिल्ला प्रहरी कार्यालय, सिरहाले पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार अहिलेसम्म यो घटनामा जम्मा ८ आरोपी पक्राउ परेका छन् । प्रहरीका अनुसार पक्राउ परेकाहरुमा बलात्कारका मुख्य आरोपित रुपेश मण्डल, पञ्चायतीमा संलग्न वडासदस्य नथुनी साहसहित स्थानीय रामकृपाल मण्डल, विन्देश्वर साह, राजेन्द्र मण्डल, चन्देश्वर मण्डल, रामविनोद मण्डल र कमलेश दास छन् ।
रुपेश, नथुनी, रामकृपाल र विन्देश्वर जाहेरीमा नाम किटान गरिएका व्यक्ति भएको प्रहरीले जनाएको छ । बाँकीको जाहेरीमा नाम नभए पनि पञ्चायतीमा भूमिका खेल्ने व्यक्ति हुन् । चन्देश्वर, रामविनोद र कमलेशलाई प्रहरीले फागुन ११ मा पक्राउ नियन्त्रणमा लिएको थियो ।
ठूलै जनदबाब पछि बलात्कारका मुख्य अभियुक्त रुपेशलाई प्रहरीले फागुन २१ मा सीमा क्षेत्रमा पक्राउ गरेको थियो । अन्य चार आरोपीलाई शुक्रबार बिहान लुकेर बसेको अवस्थामा जिल्लाका विभिन्न स्थानबाट पक्राउ गरिएको सिरहा प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनीहरू विरुद्ध सिरहा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढेको छ । अन्य फरार आरोपीको खोजीमा टोलीहरूले खटिएको प्रहरीले जनाएको छ ।
समाचार
चुरे क्षेत्रमा खुल्लेयाम ढुंगागिट्टी उत्खनन
द नेप्लिज संवाददातामन्त्री भूपेन्द्र राईको एक वर्षको काम : ६७ प्रतिशत बेरुजु फर्छयौट, सात वटै प्रदेशको भौतिक पूर्वाधारमा सबभन्दा बढी ७३.६९ प्रतिशत बजेट खर्च
द नेप्लिज संवाददातासंसदीय व्यवस्थामा संख्याको खेल हुने र बहुमत पुर्याउनुपर्ने हुन्छ : शेखर कोइराला
द नेप्लिज संवाददातावनमन्त्री यादवको गृह जिल्ला : बिरुवा नै उत्पादन नगरी योजना शाखा प्रमुख चौधरी लिए भुक्तानी
द नेप्लिज संवाददाताअर्बपति विनोद चौधरीविरुद्धको मुद्दा सर्वोच्चमा हेर्न नभ्याइने, चार महिनापछि अर्को पेसी
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares