खोटाङ— दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले स्थानीय किसानलाई स्वरोजगार बनाउन तथा नगरलाई राँगाको मासुमा आत्मनिर्भर बनाउने उद्देश्यले राँगा वितरण गरेको छ।
नगरपालिकाका उपप्रमुख विसन राईका अनुसार आर्थिक वर्ष २०८१/८२ को बजेटमार्फत करिब दुई सय राँगा वितरण गरिएको छ। ती राँगा तराईबाट खरिद गरिएका हुन्। नगरपालिकाले ७५ प्रतिशत अनुदान र किसानले २५ प्रतिशत लागत व्यहोर्ने गरी ६२ लाख रुपैयाँको लागतमा राँगा वितरण गरिएको हो।
राईका अनुसार विभिन्न वडामा निम्नानुसार रकम बराबरका राँगा वितरण गरिएको छ :
वडा नं ३ बाम्राङ— १६ लाख रुपैयाँ
वडा नं ४ खाल्ले— ७ लाख रुपैयाँ
वडा नं ५ लङ्याङ— १२ लाख रुपैयाँ
वडा नं ७ दोर्पाचिउरीडाँडा— ३ लाख रुपैयाँ
वडा नं १५ विजयखर्क— ८ लाख ५० हजार रुपैयाँ
‘पहिलो चरणमा करिब दुई सय राँगा वितरण भइसकेको छ। अब दोस्रो चरणमा डेढ सय जति राँगा वितरण गर्ने योजना छ,’ राईले जानकारी दिए। उनका अनुसार किसानहरूको आयआर्जन वृद्धि, जैविक मल उत्पादन तथा स्थानीय मासु आपूर्ति सुनिश्चित गर्न नगरपालिकाले यो कार्यक्रम अघि बढाएको हो।
नगरपालिकाले कृषक समूहको खातामा रकम जम्मा गरेर समूह स्वयंले खरिद, ढुवानी र वितरणको प्रक्रिया पूरा गर्ने व्यवस्था मिलाएको जनाएको छ। नगरपालिकाको यो पहलले किसानहरूलाई पशुपालन व्यवसायमा आकर्षित गर्दै आर्थिक सबलीकरणमा योगदान गर्ने विश्वास लिइएको छ।
स्थानीय सरकार
इग्नाइट फाउण्डेशनको विराटनगरमा जलसेवा
द नेप्लिज संवाददातागर्मी छल्न विराटनगरका ज्येष्ठ नागरिकलाई पंखा वितरण
द नेप्लिज संवाददाताविराटनगर महानगरको बजेट ४ अर्ब ४० लाख (बजेटको पूर्णपाठसहित)
द नेप्लिज संवाददातामहानगरका जनप्रतिनिधि र कर्मचारीलाई ब्रम्हाकुमारी राजयोगद्वारा खुसीयाली तथा पुनर्ताजगी तालिम
द नेप्लिज संवाददाताजेनजी आन्दोलनमा आगजनीबाट ध्वस्त विराटनगर महानगरको भवन प्रयोग योग्य
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares