विराटनगर – काठमाडौंको तीनकुनेमा जलेको अवस्थामा मृत फेला परेका २९ वर्षीय पत्रकार सुरेश रजकलाई गोली नलागेको पोस्टमार्टम रिपोर्टले पुष्टि गरेको छ ।
त्रिवि शिक्षण अस्पतालमा गरिएको शव परीक्षणपछि फरेन्सिक मेडिसिन विभाग प्रमुख डा. गोपाल चौधरीले रजकको मृत्यु आगलागीका कारण भएको स्पष्ट पारे । पोस्टमार्टम रिपोर्ट अनुसार शरीर जलेको छ । फोक्सोमा धुवाँ प्रवेश गरेको पाइएको छ । शरीरमा गोली लागेको छैन ।
‘यसबाट उनीलाई पहिला हत्या गरेर पछि आगो लगाइएको भन्ने अड्कल असत्य सावित हुन्छ,’ डा. चौधरीले भने । यसअघि रजकको मृत्युबारे विभिन्न खाले शंका गरिँदै आएको थियो । उनलाई गोली लागेको हुन सक्ने आशंकामा चिकित्सकहरूले पोस्टमार्टम अघि एक्स–रे गराउनुपर्ने अडान राखेका थिए ।
तर रिपोर्टले गोली नलागेको पुष्टि गरेपछि घटनाबारे नयाँ प्रश्नहरू उठेका छन् । अहिले प्रहरी अनुसन्धान जारी छ । सुरेश रजकको मृत्यु दुर्घटना थियो वा योजनाबद्ध हत्या विस्तृत छानबिनपछि मात्र यकिन हुनेछ ।
समाचार
पूर्वउपमेयर इन्दिरा कार्कीले मन्त्रिपरिषद्को निर्णय वद्दर गराएर स्थानीय तहलाई दिलाइन् घर बहाल कर उठाउने अधिकार
द नेप्लिज संवाददातासरकारमा अहिले मन्त्री फेरबदल हुँदैन : सभापति देउवा
द नेप्लिज संवाददाताजेनजी आन्दोलनले ध्वस्त विराटनगरका सरकारी संरचनाको धुलो टकटक्याएर सेवा सुरु गर्दै
द नेप्लिज संवाददाताभाैतिक पूर्वाधार मन्त्रालय काेशीद्वारा प्रदेशमा भएकाे भाैतिक क्षतिकाे अध्ययन गर्न समिति गठन
द नेप्लिज संवाददातामहासंघद्वारा जिल्ला प्रशासन कार्यालय मोरङको सेवा सुचारुका लागि १० वटा कम्प्युटर सहयोग
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares