विराटनगर- सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा शनिबार बिहान भएको आगलागीमा केही सरकारी कागजात जल्नुका साथै मन्त्री प्रदीप यादवको कार्यकक्ष नष्ट भएको छ। विद्युत सर्ट भएर आगो लागेको प्रहरीको प्रारम्भिक अनुमान छ। विधुत तार व्यवस्थित नहुँदा घटना भएको मन्त्रीका सचिवालयका एक कर्मचारीले बताए । विगतमा पनि कार्यकक्षमा तारहरु जल्ने गरेको उनले जानकारी दिए ।
बिहान अकस्मात् मन्त्रीको कार्यकक्षमा लागेको आगो केही मिनेटमै नियन्त्रणमा लिइएको प्रहरीले भनेको छ। मन्त्रालयका केही कागजातहरू जलेको छ। घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार बिहान पौने ९ बजे भौतिक मन्त्रालयसँग जोडिएको यो मन्त्रालयको भवनको चौथो तलामा आगलागी भएको थियो ।
समाचार
सरकारबाट बाहिरिने सांसद लालवीर चौधरीको चेतावनी
द नेप्लिज संवाददातासरकार सात बुँदे सहमतिमा असफल : कांग्रेस नेता शेखर कोइराला
द नेप्लिज संवाददातान्यौपाने परिवारको प्रेरणादायी यात्रा : विकट अछामबाट सफलताको शिखरसम्म
द नेप्लिज संवाददातासंसदमा प्रचण्डको आक्रोश, नीति तथा कार्यक्रमप्रति तीव्र असन्तुष्टि
द नेप्लिज संवाददातासंसदीय लेखा समितिका सभापतिकी पत्नीलाई धरौटीमा उन्मुक्ति : उच्च अदालतका दुई न्यायाधीशबीच कडा मतभेद
Darbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares