विराटनगर– त्रिभुवन राजपथअन्तर्गत नागढुंगा–नौबिसे खण्डमा सडक विस्तारका कारण यही वैशाख २२ देखि ३१ गतेसम्म हरेक रात सवारीसाधनको आवागमन रोक्ने निर्णय गरिएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौँका अनुसार निर्माण कार्य तीव्र गतिमा अघि बढाउन र सम्भावित जोखिम न्यून गर्न राति ११ बजेदेखि बिहान ३ बजेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाइनेछ।
सहायक प्रमुख जिल्ला अधिकारी मोहनप्रसाद न्यौपानेद्वारा जारी सूचनामा काठमाडौँबाट बाहिरिने हलुका तथा भारी सवारीलाई नागढुंगा चेकपोष्टमा रोक्ने र बाहिरबाट काठमाडौँ प्रवेश गर्ने सवारीलाई नौबिसेको खत्रीपौवा पुलमा रोक्ने व्यवस्था गरिने उल्लेख गरिएको छ। यस अवधिमा सवारी चालक र यात्रुलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ। साना तथा मझौला सवारीका लागि सीतापाइला–भीमढुंगा–रामकोट–धार्के सडक प्रयोग गर्न सकिनेछ।
त्यस्तै सामाखुसी–टोखा–गुर्जेभञ्ज्याङ–छहरे–त्रिशूली–गल्छी मार्ग पनि विकल्पका रूपमा उपलब्ध हुने जनाइएको छ। एम्बुलेन्स र सुरक्षा निकायका सवारीसाधन भने रोकिने छैनन्। सडक योजना कार्यालयले ओभरटेक नगरी नियमको पालना गर्नसमेत सवारी चालकलाई अनुरोध गरेको छ।
अर्थ/वाणिज्य
मौद्रीक नीति : नीतिगत दर घट्यो, निजी क्षेत्रतर्फको कर्जा वृद्धि १२ प्रतिशत (पूर्णपाठ)
द नेप्लिज संवाददातारंगेली सवस्टेशनमा २४ एम्भीएको पावर ट्रान्सफर्मर जडान, सेवाग्राहीलाई विद्युत आपुर्ति सहज बन्दै
द नेप्लिज संवाददातावनमन्त्रीको गृह जिल्लामा नै बिरुवा उत्पादनै नगरी भुक्तानी
द नेप्लिज संवाददाताएउटा आर्थिक वर्षमा भूक्तानी लिएर अर्को आर्थिक वर्षमा नर्सरीमा बिरुवा ग्रेडिङ र खाली पोलिथिनमा धमाधम बिरुवा रोप्दै
द नेप्लिज संवाददातामुलुकमा रोजगारी सिर्जना गर्न युवालाई उद्यमशीलता र नवप्रवर्तनसँग जोड्नु आवश्यक : अध्यक्ष राउत
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares