२२ असोज २०८२, बुधबार 08 Oct 2025, Wednesday

रमण कन्स्ट्रक्सनका सञ्चालक पवन महतो काठमाडौँबाट पक्राउ, बुवा र दाजु फरार

द नेप्लिज संवाददाता
२२ जेठ २०८२, बुधबार

विराटनगर — मधेस प्रदेश सरकारसँगको ठेक्कामा संलग्न रमण कन्स्ट्रक्सन प्रालिका सञ्चालक पवन महतो ठगी तथा आपराधिक विश्वासघातको आरोपमा पक्राउ परेका छन्।महतोलाई काठमाडौँ–७ सिफलचौरबाट पक्राउ गरिएको हो। जनकपुरधाम उपमहानगरपालिका–१४ घर भइ काठमाडौँ बस्दै आएका उनलाई मंगलबार पक्राउ गरी जिल्ला प्रहरी परिसर काठमाडौँले धनुषा पठाएको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय धनुषाले पवन महतोको पक्राउ पुष्टि गरेको छ । ठगी तथा आपराधिक लाभसम्बन्धी कसुरमा जिल्ला अदालत धनुषाले जेठ ६ मा महतोविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो।

पवन महतोका बुवा बलराम महतो र उनका दाजु रमण महतोविरुद्ध समेत पक्राउ पुर्जी जारी गरिएको भए पनि उनीहरू हाल फरार छन्।

ठगीको उजुरी सन्दर्भमा रमण कन्स्ट्रक्सन र इन्फ्रास्ट्रक्चर एस एन्ड बी प्रालिले संयुक्त रूपमा मधेस प्रदेश सरकारले जिम्मा दिएको ‘दिगहवा–लोखरम सडक’ निर्माणको ठेक्का लिएका थिए। सम्झौताअनुसार एस एन्ड बी प्रालिका सञ्चालक सन्तोकुमार यादवले ९ करोड २१ लाख र ८ करोड ९७ लाख रुपैयाँ बराबरका दुईवटा बैंक ग्यारेन्टी दिएका थिए। त्यस्तै १ करोड ३४ लाख र १ करोड ३३ लाख रुपैयाँ बराबरका एडभान्स पेमेन्ट ग्यारेन्टीसमेत राखिएको थियो।

यादवका अनुसार ठेक्का कार्य सञ्चालनकै क्रममा रमण कन्स्ट्रक्सनले आफ्नो पक्षमा फाइदा पुर्‍याउने उद्देश्यले एस एन्ड बीलाई जानकारी नदिइ चाबहिलस्थित एक बैंक शाखाबाट ग्यारेन्टी रकम निकालेर आफ्नो खातामा तानेको थियो। उक्त प्रक्रिया रमण महतोको हस्ताक्षरमार्फत भएको आरोप छ।

प्रहरीका अनुसार ठगी तथा विश्वासघातसम्बन्धी उक्त घटनामा अनुसन्धानका लागि पवन महतो पक्राउ परेका हुन्। काठमाडौँ प्रहरी परिसरका प्रमुख एसपी अपिलराज बोहराले महतो मंगलबार पक्राउ परेर धनुषा पठाइएको जानकारी दिए। ‘अनुसन्धान धनुषा प्रहरीले गरिरहेको छ, त्यसैले थप विवरण त्यहींबाट आउँछ,’ उनले भने।

रमण कन्स्ट्रक्सन काठमाडौँको धरहरा पुनर्निर्माणको ठेक्कासमेत लिएको कम्पनी हो। पछिल्लो समय यो कम्पनी विभिन्न विवादमा पर्दै आएको छ।


#पवन #महतो

प्रकाशित : २२ जेठ २०८२, बुधबार 10:20

थप समाचार

अर्थ/वाणिज्य

मौद्रीक नीति : नीतिगत दर घट्यो, निजी क्षेत्रतर्फको कर्जा वृद्धि १२ प्रतिशत (पूर्णपाठ)

द नेप्लिज संवाददाता

रंगेली सवस्टेशनमा २४ एम्भीएको पावर ट्रान्सफर्मर जडान, सेवाग्राहीलाई विद्युत आपुर्ति सहज बन्दै

द नेप्लिज संवाददाता

वनमन्त्रीको गृह जिल्लामा नै बिरुवा उत्पादनै नगरी भुक्तानी

द नेप्लिज संवाददाता

एउटा आर्थिक वर्षमा भूक्तानी लिएर अर्को आर्थिक वर्षमा नर्सरीमा बिरुवा ग्रेडिङ र खाली पोलिथिनमा धमाधम बिरुवा रोप्दै

द नेप्लिज संवाददाता

मुलुकमा रोजगारी सिर्जना गर्न युवालाई उद्यमशीलता र नवप्रवर्तनसँग जोड्नु आवश्यक : अध्यक्ष राउत

द नेप्लिज संवाददाता
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
निर्देशक : अमरेन्द्र प्रसाद यादव, ९८४२८४४४४४
प्रबन्धक र सम्पादक : देवनारायण साह, ९८५२८३४४८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved