विराटनगर– त्रिभुवन विश्वविद्यालयको रेक्टर कार्यालय र विज्ञान तथा प्रविधि अध्ययन संस्थानको डिन कार्यालयमा पनि तोडफोड भएको छ । ‘कार्यकक्षमा तोडफोड भएको छ । कुर्सी र कागजात छरपस्ट पारिएको छ । सिसा फुटाइएको छ,’ डिन प्रा.डा. शंकर खनालले भने । उनी त्यतिबेला कार्यकक्षमा थिएनन् ।
‘म कार्यालय जाँने क्रममा बाटैमा हुँदा कर्मचारीले फोन गरेर तोडफोड भएको जानकारी गराएका हुन् । कसले फोरेको हो भन्ने पहिचान भएको छैन,’ उनले भने । डिन खनाललाई बिहीबार फिजिक्सका विद्यार्थी आएर परीक्षा सार्न भनेका थिए । ‘उनीहरूले गरेको हो, होइन त्यो थाहा छैन । परीक्षा सर्नुप¥यो भन्दै विद्यार्थी आएका थिए । शैक्षिक क्यालेन्डर बिग्रने र स्ववियु चुनावको दिन परीक्षा छैन भनेपछि सहमत भएर फर्केका हुन्,’ डिन खनालले भने ।
तोडफोड हेर्दा विद्यार्थीले गरेजस्तो नलाग्ने खनालले बताए । ‘विद्यार्थीले गरेजस्तो लाग्दैन, विश्वविद्यालयमा यस्तो घटना हुनु दुःखद हो,’ उनले भने । यस अगाडि सत्तारुढ दल कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ(नेविसंघ) का कार्यकर्ताले रेक्टर प्राध्यापक खड्ग केसीको कार्यकक्षमा तोडफोड गरेका थिए ।
नेविसंघका कार्यकर्ताहरू आएर शुक्रबार कार्यकक्षमा तोडफोड गरेको रेक्टरले उनले बताए । केसी कार्यकक्षबाहिर रहेका बेला तोडफोड भएको हो । कुर्सी, सोफा, टेबललगायतका सामान तोडफोड भएको उनले बताए । विद्यार्थीले के माग राखेर तोडफोड गरे भन्ने आफ्नो जानकारीमा नरहेको पनि उनको भनाइ छ । केही केन्द्रीय विभागहरूको शुल्क घटाउनेलगायतका माग राखेर विद्यार्थीले त्रिवि संघर्ष समितिका नाममा आन्दोलन गर्दै आएका थिए ।
उक्त आन्दोलनको नेतृत्व भने नेविंसघमा आबद्ध विद्यार्थीले गरेका थिए । उनीहरूले रेक्टर कार्यालयमा तालाबन्दीसमेत गरेका थिए । तर विश्वविद्यालय प्रशासनले ताला फुटाएपछि उनीहरू आक्रोशित भएका हुन् । तोडफोडको कारण र उक्त घटनामा संलग्न विद्यार्थीको खोजी भइरहेको विश्वविद्यालयका प्रवक्ता थमनसिंह बोहोराले जानकारी दिए । १० बुँदे माग राख्दै विभिन्न विद्यार्थी संगठनले यसअघि रेक्टरको कार्यालयमा तालाबन्दी गरेका थिए ।
समाचार
पूर्वउपमेयर इन्दिरा कार्कीले मन्त्रिपरिषद्को निर्णय वद्दर गराएर स्थानीय तहलाई दिलाइन् घर बहाल कर उठाउने अधिकार
द नेप्लिज संवाददातासरकारमा अहिले मन्त्री फेरबदल हुँदैन : सभापति देउवा
द नेप्लिज संवाददाताजेनजी आन्दोलनले ध्वस्त विराटनगरका सरकारी संरचनाको धुलो टकटक्याएर सेवा सुरु गर्दै
द नेप्लिज संवाददाताभाैतिक पूर्वाधार मन्त्रालय काेशीद्वारा प्रदेशमा भएकाे भाैतिक क्षतिकाे अध्ययन गर्न समिति गठन
द नेप्लिज संवाददातामहासंघद्वारा जिल्ला प्रशासन कार्यालय मोरङको सेवा सुचारुका लागि १० वटा कम्प्युटर सहयोग
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares