२३ असोज २०८२, बिहीबार 09 Oct 2025, Thursday

चार महिनापछि यारी नाका भन्सार कार्यालय पुनः सञ्चालन

द नेप्लिज संवाददाता
१५ वैशाख २०८२, सोमबार

हुम्ला — हुम्लाको उत्तरी क्षेत्रस्थित यारी नाका भन्सार कार्यालय चार महिनापछि पुनः सञ्चालनमा आएको छ । अत्यधिक चिसोका कारण गत पुस १० देखि बन्द गरिएको कार्यालय आइतबारदेखि सेवा सञ्चालनमा आएको हो ।

कार्यालय प्रमुख रामराज जैसी पुनः हिल्सा पुगेपछि भन्सार सेवा सुचारु भएको हो । उनले भने, ‘तत्कालीन समयमा हिउँ जम्न थालेपछि विभागलाई जानकारी गराएर कार्यालय बन्द गरिएको थियो, अहिले पुनः सञ्चालनमा ल्याइएको छ।’

सदरमुकाम सिमकोटबाट यारी नाका पुग्न नारा लेक पार गर्नुपर्छ। हिमपातका कारण उक्त सडकखण्ड पूर्ण रूपमा अवरुद्ध हुने गर्दछ। हाल नारा लेकमा जमेको हिउँ हटाउन हिल्सा–सिमकोट सडक योजनाले काम थालेको छ, जसका कारण चाँडै यातायात सेवा पनि सञ्चालनमा आउने अपेक्षा गरिएको छ।यातायात सेवा सुचारु भएपछि ताक्लाकोटबाट सामान आयात पनि पुनः सुरु हुने अपेक्षा गरिएको छ। (स्रोतः रासस)
 

प्रकाशित : १५ वैशाख २०८२, सोमबार 12:34

थप समाचार

अर्थ/वाणिज्य

मौद्रीक नीति : नीतिगत दर घट्यो, निजी क्षेत्रतर्फको कर्जा वृद्धि १२ प्रतिशत (पूर्णपाठ)

द नेप्लिज संवाददाता

रंगेली सवस्टेशनमा २४ एम्भीएको पावर ट्रान्सफर्मर जडान, सेवाग्राहीलाई विद्युत आपुर्ति सहज बन्दै

द नेप्लिज संवाददाता

वनमन्त्रीको गृह जिल्लामा नै बिरुवा उत्पादनै नगरी भुक्तानी

द नेप्लिज संवाददाता

एउटा आर्थिक वर्षमा भूक्तानी लिएर अर्को आर्थिक वर्षमा नर्सरीमा बिरुवा ग्रेडिङ र खाली पोलिथिनमा धमाधम बिरुवा रोप्दै

द नेप्लिज संवाददाता

मुलुकमा रोजगारी सिर्जना गर्न युवालाई उद्यमशीलता र नवप्रवर्तनसँग जोड्नु आवश्यक : अध्यक्ष राउत

द नेप्लिज संवाददाता
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
निर्देशक : अमरेन्द्र प्रसाद यादव, ९८४२८४४४४४
प्रबन्धक र सम्पादक : देवनारायण साह, ९८५२८३४४८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved