विराटनगर– त्रिभुवन विश्वविद्यालयको केन्द्रीय क्याम्पसको प्रिन्सिपल कार्यालयमा नेपाल विद्यार्थी संघको एउटा पक्षले तालाबन्दी गरेको छ । स्ववियु निर्वाचनका लागि आफ्नो तर्फबाट सिफारिस भएकाको उम्मेदवारी खारेज गरिएकोमा त्रिवि समिति सभापति विष्णु बडैलासहितको टोलीले तालाबन्दी गरेका हुन् ।
स्ववियु निर्वाचनका लागि आधिकारिक उम्मेदवार अनुज कार्की भएको तर अर्का उम्मेदवार दीपक जोशीको उम्मेदवारी सदर गरिएकोे सभापति बडैलाले जानकारी दिए । स्ववियु निर्वाचनका लागि मंगलबार मनोनयन दर्ता गर्ने समय तोकिएको थियो ।
नेविसंघको तर्फबाट उम्मेदवारका विषयमा कांग्रेसका महामन्त्री तथा स्ववियु केन्द्रीय परिचालन समितिका संयोजक विश्वप्रकाश शर्मा, सहमहामन्त्री तथा नेविसंघका निर्देशक समिति संयोजक र स्ववियु टिकट वितरण समितिका संयोजकको निर्देशन अनुसार कार्कीको उम्मेदवारी मनोनयन दर्ता गराएको उनको भनाइ छ ।
त्रिभुवन विश्वविद्यालयको समितिबाट स्ववियु निर्वाचनका लागि आधिकारिक उम्मेदवार तय गरी अगाडि बढ्ने निर्देशन समितिले दिएको उनको भनाइ छ । नेविसंघ केन्द्रीय समितिको टिकट भन्दै नक्कली हस्ताक्षर र छाप लगाएर निर्वाचन आचारसंहिता विपरित ५ बजेपछि जोशीले मनोनयन दर्ता गराएको त्रिवि नेविसंघको आरोप छ ।
समयसीमा कटिसकेपछि दिइएको निवेदनलाई विश्वविद्यालय क्याम्पसका निर्वाचन अधिकृतले दर्ता गराएकाले उक्त क्रियाकलाप निर्वाचनको आचारसंहिता विपरित भएको सभापति बडैलाले बताए । उक्त कुरा नसच्याइएसम्म अनिश्चितकालीन रूपमा तालाबन्दी गरिएको उनले बताए । विद्यार्थीहरूको प्रतिनिधि चुन्ने एक मात्र संस्था स्ववियु निर्वाचनको ग्यारेन्टी गर्न समेत माग गरे ।
आचारसंहिता विपरीतका क्रियाकलापहरूलाई बढवा दिँदै समिति अगाडि बढेमा नेविसंघ त्रिवि समिति थप आक्रामक गतिविधि बढाउने समेत चेतावनी दिए । त्रिवि केन्द्रीय क्याम्पसका लागि नेविसंघका नरेन्द्र साउद, स्ववियु कोषाध्यक्ष पद्मा भुसाल, अक्कलदेव रानाभाट, सनम ओली, पदम दाहाल लगायत सात जनाले बागी उम्मेदवारी दिएका छन् ।
समाचार
पूर्वउपमेयर इन्दिरा कार्कीले मन्त्रिपरिषद्को निर्णय वद्दर गराएर स्थानीय तहलाई दिलाइन् घर बहाल कर उठाउने अधिकार
द नेप्लिज संवाददातासरकारमा अहिले मन्त्री फेरबदल हुँदैन : सभापति देउवा
द नेप्लिज संवाददाताजेनजी आन्दोलनले ध्वस्त विराटनगरका सरकारी संरचनाको धुलो टकटक्याएर सेवा सुरु गर्दै
द नेप्लिज संवाददाताभाैतिक पूर्वाधार मन्त्रालय काेशीद्वारा प्रदेशमा भएकाे भाैतिक क्षतिकाे अध्ययन गर्न समिति गठन
द नेप्लिज संवाददातामहासंघद्वारा जिल्ला प्रशासन कार्यालय मोरङको सेवा सुचारुका लागि १० वटा कम्प्युटर सहयोग
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares