काठमाडौ– थापाथली करिडोर क्षेत्र ढल निकासको पाइप फुट्दा बिहीबार अस्तव्यस्त बनेको छ । पाइप फुटेर सडकमा फोहोरपानी जम्दा सवारीसाधन र पैदल यात्रीलाई आवागमनमा कठिनाइ भएको छ ।
घटनास्थल आसपास पानी थुप्रिएर सडक डुबानमा परेको छ । सवारी साधन चलाउन मुस्किल भएको छ भने मोटरसाइकल चालक र पैदलयात्रीहरू हिलो र फोहोरपानीले हैरान भएका छन् ।
स्थानीयहरूका अनुसार बिहानैदेखि पानी झिक्न प्रयास भए पनि समस्या समाधान हुन सकेको छैन । यसैबीच बिहीबार दिउँसो काठमाडौँ उपत्यकामा हल्का वर्षा भएको छ जसले सडकको अवस्था झनै बिगारेको छ ।
जल तथा मौसम विज्ञान विभागको अनुसार काठमाडौँ उपत्यकामा स्थानीय वायुप्रवाहको असरले आंशिक वर्षा भइरहेको छ । सार्वजनिक पूर्वाधारको नियमित मर्मत अभाव र सहरी ढल व्यवस्थापनमा लापरबाहीले यस्तो समस्या बारम्बार देखिएको स्थानीयवासीको गुनासो छ ।
स्थानीय सरकार
महानगरको सहयोगमा गैससद्वारा प्रस्ताव लेखन तालिम !
द नेप्लिज संवाददाताविराटनगर महानगरले सञ्चालनमा ल्यायो ‘विराट सीप विकास केन्द्र’
द नेप्लिज संवाददातारेणु दाहालसँगको भनाभनदेखि राजनीतिक संकेतसम्म
द नेप्लिज संवाददातातीन उपमहानगरका कर्मचारी नेतृत्वविहीन
द नेप्लिज संवाददाताषष्टिका वस्नेत सूचनाकाे अधिकार र प्राेत्साहन पुरस्कार बुढाथाेकी र भण्डारीलाई
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares