१ भदौ २०८२, सोमबार 18 Aug 2025, Monday

विराटनगरमा भव्य राधाकृष्ण रथयात्रा

द नेप्लिज संवाददाता
३२ साउन २०८२, आइतबार

विराटनगर– श्रीकृष्ण जन्माष्टमीको भोली पल्ट आइतबार विराटनगरमा भव्य राधाकृष्ण रथयात्रा निकालिएको छ । रथयात्रालाई भव्यता प्रदान गर्न हेलिकोप्टरबाट पुष्प वृष्टि गरिएको हो । रथयात्रामा मोरङको गाउँ–गाउँ, कोशी र मधेस प्रदेशका जिल्ला र भारतबाट आएका भक्तजनको जनसागर ओर्लिएको छ ।  

रथयात्राका लागि यस वर्ष विराटनगर महानगरपालिकाको ४४ लाख ७८ हजारको लागतमा फलाम, सखुवा र सिसौंको काठ प्रयोग गरेर नयाँ रथ तयार पारिएको छ । नयाँ रथ पूरानो भन्दा केही लामो, चौडाई, व्यवस्थित र आकर्षक रहेको छ । नयाँ रथ २१ फिट ३ इञ्च अग्लो, २२ फिट लम्बाई र १४ फिट चौडाई राधाकृष्ण भगवानको आशन आकर्षक र भित्रि भागलाई फराकिलो बनाइएको, ब्रेक हाइड्रोलिक, आकर्षक बिजुली बत्ती, ८ वटा सिसि क्यामेरा जडित ७ टनको रहेको अध्यक्ष कैलास रेग्मीले बताएका हुन् । रथको अग्र भागको दायाँ र बायाँ गरि दुबैपट्टी ७५ फिट लामो रथ तान्न रथको दायाँ लठा पुरुष प्रहरीका साथै भक्तजन र बायाँ महिला प्रहरी भक्तजनले तानेर रथयात्रा निकालिएको हो ।  

रथयात्रा राधाकृष्ण मन्दिरबाट सुरु भई मेनरोड हुँदै रोडशेष चोकबाट, महेन्द्र चोक, धरान रोड, बरगाछीबाट पूनः मन्दिर परिसरसम्म ९ किलोमिटर दुरी तय गरी आइपुग्नेछ । भक्तजनहरुको लागि रथयात्राको दर्शन र पूजा गर्न ४४ ठाउँमा बिश्राम दिने व्यवस्था गरिएको छ ।

१९८८ सालमा राधारकृष्ण मन्दिरको स्थापना भएदेखि खट यात्राबाट शुरु भएर २०२५ सालमा रथको निर्माण गरी कृष्णजन्माष्टमीको भोली पल्ट राधाकृष्णको प्रतिमा राखेर रथयात्रा निकाल्ने परम्परा छ । मन्दिर निर्माणका लागि सज्जन पौडेल, सोमराज मुखिया पौडेल र कृष्णप्रसाद पौडेलले प्रदान गरेको जग्गामा १९८८ सालमा पण्डित इन्द्रलाल भट्टले मन्दिर स्थापना गरी खट यात्रा शुरु गरेका थिए । 

रथयात्रामा कडा सुरक्षा वयवस्था गरिएको छ । जिल्ला प्रहरी कार्यालय मोरङ, महानगर प्रहरी र स्वयंसेवक परिचालन गरिने आयोजक समितिले जनाएको छ । रथयात्रा अबधीभर कुनै किसिमको अबाञ्छित गतिविधि हुन नदिनका लागि ड्रोन क्यामेराले समेत निगरानी गरिने बताइएको छ ।

प्रकाशित : ३२ साउन २०८२, आइतबार 18:18
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
निर्देशक : अमरेन्द्र प्रसाद यादव, ९८४२८४४४४४
प्रबन्धक र सम्पादक : देवनारायण साह, ९८५२८३४४८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved