२२ वैशाख २०८२, सोमबार 05 May 2025, Monday

राप्रपाको वैशाख ७ को आन्दोलन/तस्बिरहरु

द नेप्लिज संवाददाता
७ वैशाख २०८२, आइतबार

Advertisement

काठमाडौँ– तीनकुने घटनापछि चर्किएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को विरोध आन्दोलन आइतबार सिंहदरबारदेखि नयाँ बानेश्वरसम्म फैलियो । बिहानैदेखि विभिन्न कार्यक्रममार्फत विरोध गर्दै आएको राप्रपाले दिउँसो सिंहदरबारभित्रै प्रवेश गरी नाराबाजी गरेपछि स्थिति तनावपूर्ण बन्यो ।

राप्रपाले बिहान काठमाडौँस्थित केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्दै आजको विरोध कार्यक्रम सार्वजनिक गरेको थियो । तीनकुनेमा भएको झडप र पार्टी नेताहरूको गिरफ्तारीलाई ‘प्रत्यक्ष राजनीतिक दमन’ भन्दै पार्टीले देशभर प्रदर्शन चर्काउने निर्णय सुनाएको थियो ।

राप्रपाका नेता–कार्यकर्ताहरू यस पछि नयाँ बानेश्वर क्षेत्रमा भेला हुन थाले । उनीहरूले ’गणतन्त्र मुर्दावाद’, ’राजनीतिक दमन बन्द गर’ लगायतका नारासहित विरोध प्रदर्शन सुरु गरे । यस क्रममा सुरक्षाकर्मीले प्रदर्शन स्थल नियन्त्रणमा लिन खोज्दा केही समय तनावपूर्ण स्थिति देखिएको थियो ।

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, सांसद बुद्धिमान तामाङ, प्रमुख सचेतक ज्ञानेन्द्र शाही लगायत नेताहरू दिउँसो सिंहदरबारभित्र प्रवेश गरी अचानक नाराबाजी गरे । उनीहरूले ’तीनकुने घटनामा न्यायिक छानबिन आयोग गठन गर’, ’रवीन्द्र मिश्रलाई रिहा गर’ जस्ता नाराहरू लगाउँदै गणतन्त्रको विरोधमा प्रदर्शन गरे ।

सिंहदरबारभित्रको अप्रत्याशित विरोधपछि सुरक्षाकर्मीले तत्काल नियन्त्रणमा लिँदै अध्यक्ष लिङ्देन, सांसद तामाङ र सचेतक शाहीलाई पक्राउ गरे । उनीहरूलाई नजिकैको प्रहरी कार्यालय लगिएको बताइएको छ । यस घटनापछि अन्य राप्रपा कार्यकर्ताहरू आक्रोशित बनेका छन् ।

उनीहरुको पक्राउ पछि नयाँ बानेश्वर क्षेत्र झन् तनावग्रस्त भयो । कार्यकर्ताहरूले सडकमै चर्को नाराबाजी गर्न थालेपछि प्रहरीले अतिरिक्त टोली परिचालन गरेको छ । सम्भावित झडप रोक्न प्रमुख चोक र सिंहदरबार आसपासका क्षेत्रमा सुरक्षा कडाइ गरिएको छ ।


गत १५ चैतमा तीनकुनेमा राप्रपाले गरेको प्रदर्शनका क्रममा झडप भएको थियो । उक्त घटनापछि वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवलशमशेर राणा, केन्द्रीय सदस्य रश्मि आचार्य लगायतलाई प्रहरीले पक्राउ गरेको थियो । राप्रपा उक्त घटनालाई ’शान्तिपूर्ण प्रदर्शनमाथिको आक्रमण’ बताउँदै आएको छ ।

प्रकाशित : ७ वैशाख २०८२, आइतबार 16:18
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved