मोरङ – विराटनगरस्थित तुलसी बहुमुखी सहकारी संस्थामा करोडौँ रुपैयाँ अपचलन भएको ठहर गर्दै मोरङ जिल्ला अदालतले अध्यक्षसहित तीन जनालाई कैद, जरिवाना र बिगो तिर्ने सजाय सुनाएको छ।
जिल्ला न्यायाधीश सीता शर्मा अधिकारीको एकल इजलासले बिहीबार सहकारी अध्यक्ष केदारनाथ शर्मालाई ६ वर्ष कैद, ६९ करोड ५९ लाख २१ हजार २६८ रुपैयाँ बिगो र सो बराबरकै जरिवाना तोकेको छ। साथै, पीडित राहत कोषमा २ करोड ७० लाख ३६ हजार ८५० रुपैयाँ बुझाउन पनि अदालतले आदेश दिएको जिल्ला अदालतका स्रेस्तेदार मणि पोखरेलले जानकारी दिए।
सहकारीका क्षेत्रीय प्रबन्धक मन्दीप खवासलाई २ वर्ष २ महिना कैद, २७ लाख रुपैयाँ बिगो र सोही बराबरको जरिवाना तोकिएको छ। उनलाई राहत कोषमा १ लाख ८ हजार रुपैयाँ जम्मा गर्न आदेश दिइएको छ।
त्यसैगरी सहकारीकी सचिव सविना न्यौपानेलाई २ वर्ष कैद र राहत कोषमा ६ सय रुपैयाँ बुझाउन आदेश दिइएको छ।
तुलसी सहकारीले सदस्यहरूबाट संकलन गरेको ठूलो रकम हिनामिना गरिएको भन्दै पीडितहरूले न्यायका लागि हारगुहार गरिरहेका थिए । अदालतको पछिल्लो फैसलाले लामो समयदेखि न्यायको पर्खाइमा रहेका पीडितहरूलाई आंशिक राहत मिलेको छ।
अदालतको यो फैसला नेपालको सहकारी प्रणालीमा देखिएको गम्भीर वित्तीय अनियमितता र दण्डहीनताको अन्त्यतर्फको एउटा महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।
#केदारनाथ# शर्मा
अर्थ/वाणिज्य
निर्यातमुखी अर्थतन्त्रतर्फ अग्रसर हुनुपर्छ : योजना आयोगका उपाध्यक्ष अधिकारी
द नेप्लिज संवाददाताउखु किसानको अनुदान रोकिनुमा विचौलियाको प्रभाव त होइन ? : शेखर कोइराला
द नेप्लिज संवाददाताकाठमाडौंको ‘बिरयानी अड्डा’ विराटनगरमा
द नेप्लिज संवाददाताकोशी प्रदेशमा बजेटः कुन वर्षमा कति बजेट, कति आमदानी र कति भयो खर्च ?
द नेप्लिज संवाददातामौद्रिक नीतिमा पूर्वका उद्योगी व्यवसायीको सुझावः मुल्यांकनको ७० प्रतिशत घरजग्गा कर्जाको व्यवस्था हुनुपर्छ
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares