विराटनगर- सबै दिन एक समान रहँदैन । समय सबैको आउँछ । त्यही भएर सोचेर टिकाटिप्पणी गर्नुपर्छ । भारतीय क्रिकेटर रोहित शर्माको ब्याट चले पछि आलोचकहरुको मुख बन्द भएको छ । उनको जोडदार प्रदर्शनले भारतलाई कटकमा खेलिएको दोस्रो एक दिवसीय अन्तराष्ट्रिय म्याचमा इंग्ल्याण्ड विरुद्ध ४ विकेटले जिताएको छ । यो सिरिजमा भारतको विजय पक्का भएको छ ।
उनले दमदार प्रदर्शनको बलमा इंग्ल्याण्डले बनाएको ३ सत ५ रनको लक्ष्यलाई नीकै सहज बनाइ दिए । उनले केही समयदेखि रन बनाउन सकिरहेका थिएनन् । टेस्ट म्याचहरुमा रोहितको प्रदर्शन कमजोर थियो । लगातार दुई टेस्ट सिरिज हारे पछि उनी आलोचकको घेरामा थिए । उनको ठाँउमा कसले भारतीय टिमको कमाण्ड सम्हाल्ने बहस गर्माएको थियो । रोहितले सन्यास लिनुपर्ने सम्मका आवाज उठ्यो। तर उनले दोस्रो एक दिवसीयमा शतकीय पारीले आफूमाथि उठिरहेको सवालको जोडदार जवाफ दिएका छन् । उनको धमाकेदार पुनरागमनले च्याम्पियन्स ट्रफीमा भारतको आशालाई बढाएको छ । विश्वभरका प्रंशसक दङ्ग छन् ।
रोहितले खेलको सुरुआतदेखि छक्का लगाउन सुरु गरेका थिए । जमिसके पछि चौका-छक्काको वर्षा गरेर इंग्ल्याण्डको बलरलाई निरीह बनाइ दिए । रोहितले ९० बलमा १२ चौका र ७ छक्काको मद्दतले १ सय १९ रन बनाए । उनले १ सय ३२ भन्दा माथिको स्ट्राइक रेटले रन बनाउन सफल भए । भारतीय टिमको मुखिया रोहितले १६ महिना पछि शतक बनाएका हुन् । उनले यस अगाडि सन २०२३ मा वनडे विश्वकपको क्रममा ११ अक्टोबरमा अफगानिस्तान विरुद्ध शतक बनाएका थिए ।
उनको करियरको यो दोस्रो सबैभन्दा तीब्र शतक हो । रोहितले ७६ बलमा सय रन पुरा गरे । सन २०२३ को विश्वकपमा अफगानिस्तान विरुद्ध ६३ बलमा आफ्नो करियरमै सबैभन्दा छिटो शतक बनाए । यस पछि उनले १३ खेलमा कुनै शतक बनाउन सकेनन् । रोहित प्लेयर अफ दि म्याच पनि घोषित भए । टिमको लागि रन बनाउँदा मजा लागेको रोहितले बताए। उनी अब अन्तर्राष्ट्रिय क्रिकेटमा भारतको लागि सर्वाधिक शतक बनाउने तेस्रो नम्बरका खेलाडी भएका छन् । उनले करियरको ४९ औं सय बनाउँदै राहुल द्रविडको ४८ शतकको रेकर्ड तोडेका छन् । सचिन तेन्दुलकरले सय शतक र विराट कोहलीले ८१ शतक बनाइसकेका छन् । (भारतीय सञ्चार माध्यमहरुको सहयोगमा)
समाचार
सरकार सात बुँदे सहमतिमा असफल : कांग्रेस नेता शेखर कोइराला
द नेप्लिज संवाददातान्यौपाने परिवारको प्रेरणादायी यात्रा : विकट अछामबाट सफलताको शिखरसम्म
द नेप्लिज संवाददातासंसदमा प्रचण्डको आक्रोश, नीति तथा कार्यक्रमप्रति तीव्र असन्तुष्टि
द नेप्लिज संवाददातासंसदीय लेखा समितिका सभापतिकी पत्नीलाई धरौटीमा उन्मुक्ति : उच्च अदालतका दुई न्यायाधीशबीच कडा मतभेद
मोरङको केराबारीमा बलात्कार आरोपमा एक पक्राउ
द नेप्लिज संवाददाताखेलकुद
Darbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares