२३ असोज २०८२, बिहीबार 09 Oct 2025, Thursday

गभर्नर बन्ने मार्ग खुल्दै

राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टको राजीनामा, सत्ता साझेदारबीच सहमति

द नेप्लिज संवाददाता
५ वैशाख २०८२, शुक्रबार

विराटनगर – नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टले शुक्रबार पदबाट राजीनामा दिएका छन् । गभर्नर बन्ने तयारीस्वरूप उनले राजीनामा दिएको पुष्टि भएको छ । सत्ता साझेदार दल नेपाली कांग्रेस र नेकपा एमालेबीच भट्टलाई गभर्नर बनाउने अनौपचारिक सहमति भएपछि उनले राजीनामा दिएका हुन् ।

सञ्चारकर्मीहरुसँगको जिज्ञासामा भट्टले स्वेच्छिक रूपमा पदबाट राजीनामा दिएको बताएका छन् । राष्ट्र बैंकका वर्तमान गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल सकिएपछि नयाँ गभर्नर नियुक्तिमा सत्ता दलहरूबीच सहमति नहुँदा प्रक्रिया ढिलो भएको थियो । तर पछिल्लो चरणमा नेपाली कांग्रेसको चासो र दबाबपछि प्रधानमन्त्री केपी शर्मा ओली गभर्नर नियुक्तिमा योग्यता पुगेको व्यक्तिलाई चयन गर्ने दिशामा सहमत भएका हुन् ।

डा. भट्ट राष्ट्र बैंककै वरिष्ठ क्याडर हुन् र कुनै पनि विवादमा नरहेकाले स्वच्छ छविका कारण अग्रपंक्तिमा आएका हुन् । सरकार भट्टलाई विधिसम्मत प्रक्रिया पूरा गरेर गभर्नर नियुक्त गर्ने तयारीमा छ । गभर्नर बन्ने दौडमा अन्य केही पात्रहरू पनि थिए । 

नेपाली कांग्रेसनिकट मानिने राष्ट्र बैंक सञ्चालक डा. रवीन्द्र पाण्डे, नविल बैंकका पूर्वप्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगाना र कार्यकारी निर्देशक भट्ट स्वयं सक्रिय थिए । यता एमालेनिकट राष्ट्र बैंकका डेपुटी गभर्नर डा. नीलम ढुंगाना, राष्ट्रिय योजना आयोगका पूर्व सदस्य डा. प्रकाशकुमार श्रेष्ठ, अर्का डेपुटी गभर्नर बमबहादुर मिश्र र प्रभु बैंकका सीईओ अशोक शेरचन पनि प्रतिस्पर्धामा थिए ।

यसबाहेक बिचौलियाहरूले पूर्वमुख्य सचिव राजेन्द्र किशोर क्षेत्रीलाई अघि सार्ने प्रयास गरेका थिए । नयाँ गभर्नर नियुक्तिका लागि अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा गठन भएको छनोट समितिमा पूर्व गभर्नर विजयनाथ भट्टराई र राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. विश्व पौडेल सदस्य छन् ।

राष्ट्र बैंक ऐनअनुसार एक डेपुटी गभर्नरसहित तीन जनाको नाम सिफारिस गर्ने र तीमध्ये एक जनालाई सरकारमार्फत नियुक्त गरिने व्यवस्था छ । अब प्रमुख सत्ता साझेदारबीच सहमति कायम भइसकेकाले प्रक्रिया अघि बढाएर छिट्टै नयाँ गभर्नरको नियुक्ति गरिने तयारी छ।


 

प्रकाशित : ५ वैशाख २०८२, शुक्रबार 13:00

थप समाचार

अर्थ/वाणिज्य

मौद्रीक नीति : नीतिगत दर घट्यो, निजी क्षेत्रतर्फको कर्जा वृद्धि १२ प्रतिशत (पूर्णपाठ)

द नेप्लिज संवाददाता

रंगेली सवस्टेशनमा २४ एम्भीएको पावर ट्रान्सफर्मर जडान, सेवाग्राहीलाई विद्युत आपुर्ति सहज बन्दै

द नेप्लिज संवाददाता

वनमन्त्रीको गृह जिल्लामा नै बिरुवा उत्पादनै नगरी भुक्तानी

द नेप्लिज संवाददाता

एउटा आर्थिक वर्षमा भूक्तानी लिएर अर्को आर्थिक वर्षमा नर्सरीमा बिरुवा ग्रेडिङ र खाली पोलिथिनमा धमाधम बिरुवा रोप्दै

द नेप्लिज संवाददाता

मुलुकमा रोजगारी सिर्जना गर्न युवालाई उद्यमशीलता र नवप्रवर्तनसँग जोड्नु आवश्यक : अध्यक्ष राउत

द नेप्लिज संवाददाता
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
निर्देशक : अमरेन्द्र प्रसाद यादव, ९८४२८४४४४४
प्रबन्धक र सम्पादक : देवनारायण साह, ९८५२८३४४८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved