विराटनगर– नेपाल र भारतबीचको सम्बन्धलाई थप मजबुत बनाउने उद्देश्यले भारतका लागि नेपाली राजदूत डा. शंकरप्रसाद शर्मा र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथबीच लखनऊमा महत्वपूर्ण भेटवार्ता सम्पन्न भएको छ ।
यस भेटवार्तामा द्विपक्षीय व्यापार विस्तार, आर्थिक सहकार्य, धार्मिक तथा सांस्कृतिक पर्यटन प्रवद्र्धन, उच्च शिक्षा र छात्रवृत्तिको अवसरहरू, जलविद्युत् तथा ऊर्जा परियोजनामा सहकार्य, यातायात तथा कनेक्टिविटी सुधार, सीमा सुरक्षा, आपसी सहकार्य, र विकासका सम्भावनाहरू जस्ता विविध विषयमा गहन छलफल भएको छ ।
राजदूत शर्माले नेपाल–भारत ऐतिहासिक मित्रतालाई अझ प्रगाढ बनाउन पहल गर्ने प्रतिबद्धता व्यक्त गर्दै द्विपक्षीय सहकार्य विस्तारमार्फत आपसी विकास र समृद्धिमा जोड दिए । मुख्यमन्त्री आदित्यनाथले पनि नेपालसँगको सम्बन्धलाई उच्च प्राथमिकता दिँदै विभिन्न क्षेत्रमा सहकार्य गर्न तत्परता जनाए ।
यस भेटवार्ताले नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने विश्वास गरिएको छ । विशेष गरी धार्मिक तथा सांस्कृतिक पर्यटन प्रवद्र्धनमा रामायण सर्किटजस्ता परियोजनाहरू मार्फत दुवै देशका नागरिकहरूबीचको सम्बन्धलाई अझ मजबुत बनाउने अपेक्षा गरिएको छ ।
विश्व/प्रवास
अष्ट्रेलियामा एल्बानीजको चमत्कारी पुनरागमन, लेबर पार्टीको प्रचण्ड जित
द नेप्लिज संवाददाताभारतको पाकिस्तानविरुद्ध नयाँ कदम : सामाजिक सञ्जालदेखि डाक सेवासम्म प्रतिबन्ध
द नेप्लिज संवाददाताइङ्गल्याण्डमा एक विशिष्ट भवनमा आक्रमणको योजना बनाउनेहरु पक्राउ
द नेप्लिज संवाददातालेडी गागाको इतिहासकै ठूलो निशुल्क कन्सर्ट, रियोमा २० लाख दर्शकको उपस्थिति
द नेप्लिज संवाददाताअष्ट्रेलियाको संघीय चुनावमा लिबरल पार्टीको ऐतिहासिक पराजयको कारण खोतलिँदै
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares