२२ वैशाख २०८२, सोमबार 05 May 2025, Monday

कोशीटप्पुमा पर्यटक आगमनमा वृद्धि

द नेप्लिज संवाददाता
२२ वैशाख २०८२, सोमबार

Advertisement

सुनसरी–  अर्ना र चराका लागि प्रसिद्ध कोशीटप्पु वन्यजन्तु आरक्षमा आन्तरिक तथा बाह्य पर्यटक उल्लेखनीय रूपमा बढेको छ। चालु आर्थिक वर्षको साउनदेखि चैतसम्म आठ हजार ४१५ जना आन्तरिक, ६६ जना सार्क देशका तथा २१० जना अन्य विदेशी पर्यटकले आरक्षको भ्रमण गरेका छन्।

आरक्षका वरिष्ठ संरक्षण अधिकृत भूपेन्द्रप्रसाद यादवका अनुसार सो अवधिमा पर्यटकबाट २५ लाख १९ हजार १६६ रुपैयाँ राजस्व संकलन गरिएको छ। ‘हिउँद सुरु भएपछि आरक्षमा पर्यटक आगमन दर उल्लेखनीय रूपमा बढेको छ,’ उनले भने ।

नेपालमा मात्र पाइने दुर्लभ अर्ना, पुनः स्थापना गरिएको गैँडा र साइबेरियालगायतका देशबाट आउने पाहुना चराको अवलोकन गर्नको लागि पर्यटक आकर्षित हुने गरेको यादवको भनाइ छ। आरक्षमा हाल ५२० प्रजातिका चराले वासस्थान बनाएका छन्।

कोशी प्रदेश सरकारले पछिल्लो समय छिमेकी भारतका पर्यटक आकर्षित गर्ने उद्देश्यले विभिन्न अभियान थालेको छ। केही दिनअघि प्रदेश सरकारले नेपाल–भारत सीमा क्षेत्र कोसी गाउँपालिका–८ स्थित भण्टाबारी नजिक भारतीय सवारी साधन र पर्यटकलाई सहज प्रवेश गराउन ‘स्टीकर अभियान’ सुरु गरेको थियो। (स्रोतः रासस)
 

प्रकाशित : २२ वैशाख २०८२, सोमबार 07:25
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved