काठमाडौँ — राजसंस्था पुनःस्थापनाको माग गर्दै चैत १५ मा भएको आन्दोलनपश्चात् पक्राउ परेका राप्रपाका नेता रविन्द्र मिश्र र व्यवसायी दुर्गा प्रसाईँलाई थप तीन दिन प्रहरी हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौँले अनुमति दिएको छ ।
प्रहरी प्रशासनले उनीहरूलाई २० दिनसम्म थुनामा राखेर अनुसन्धान गर्न अनुमति माग गरेको भए पनि जिल्ला न्यायाधीश ध्रुवराज कार्कीको इजलासले उक्त मागलाई खारेज गर्दै तीन दिन मात्र म्याद दिएको हो । अदालतले अनुसन्धानमा भइरहेको ढिलाइप्रति प्रश्न उठाउँदै छिटो निष्कर्षमा पुग्न दबाबसमेत दिएको छ ।
राज्यविरुद्धको अपराध र संगठित अपराधको अभियोगमा पक्राउ परेका मिश्र र प्रसाईलाई प्रहरी प्रशासनले अनुसन्धान लम्ब्याउँदै हिरासतमा राख्न खोजिरहेका बेला अदालतले निष्पक्ष र समयमै प्रक्रिया टुंग्याउन निर्देशन दिएको हो।न्यायाधीश कार्कीको इजलासले तीन दिनपछि म्याद थपका लागि प्रस्तुत गर्दा अनुसन्धानमा बाँकी रहेका प्रमाणहरूसमेत स्पष्ट रुपमा पेश गर्न आदेश दिएको छ । साथै अभियुक्तहरूको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै छिटो अनुसन्धान सम्पन्न गरी जरुरत भएमा हाजिरी जमानीमा छाड्नेतर्फ समेत विचार गर्न भनिएको छ ।
अदालतको आदेशमा भनिएको छ, ‘प्रतिवादी रविन्द्र मिश्र उक्त कसुरमा संलग्न रहेको पुष्टि गर्ने कुन कागजात वा प्रमाण संकलन गर्न बाँकी छ भन्ने विषयमा म्याद थप निवेदनमा स्पष्ट उल्लेख गरिएको देखिँदैन । सो अवस्थालाई ध्यान दिँदा प्रतिवादीहरूको बाँकी बयान लिने कार्य सम्पन्न गरी संलग्नताको प्रमाण सहित थप म्याद माग गर्नुपर्नेछ । हाललाई तीन दिनको म्याद थप दिइएको छ ।’
समाचार
पूर्वउपमेयर इन्दिरा कार्कीले मन्त्रिपरिषद्को निर्णय वद्दर गराएर स्थानीय तहलाई दिलाइन् घर बहाल कर उठाउने अधिकार
द नेप्लिज संवाददातासरकारमा अहिले मन्त्री फेरबदल हुँदैन : सभापति देउवा
द नेप्लिज संवाददाताजेनजी आन्दोलनले ध्वस्त विराटनगरका सरकारी संरचनाको धुलो टकटक्याएर सेवा सुरु गर्दै
द नेप्लिज संवाददाताभाैतिक पूर्वाधार मन्त्रालय काेशीद्वारा प्रदेशमा भएकाे भाैतिक क्षतिकाे अध्ययन गर्न समिति गठन
द नेप्लिज संवाददातामहासंघद्वारा जिल्ला प्रशासन कार्यालय मोरङको सेवा सुचारुका लागि १० वटा कम्प्युटर सहयोग
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares