काठमाडौँ– सरकारले सोमबार सम्म नेपाल राष्ट्र बैंकको नयाँ गभर्नर नियुक्त गर्ने तयारी तीव्र बनाएको छ। गभर्नर सिफारिस समितिको रिक्त सदस्यमा निवर्तमान गभर्नर महाप्रसाद अधिकारीलाई नियुक्त गरिएको छ भने आज अर्थ मन्त्रालयले उनलाई औपचारिक नियुक्ति पत्र प्रदान गरेको छ।
सरकारी स्रोतका अनुसार आजै बिहान अर्थमन्त्री विष्णु पौडेलले सिफारिस समितिका सदस्यहरूलाई गभर्नर नियुक्ति प्रक्रिया सम्बन्धमा ब्रिफिङ दिएका छन्। समितिमा अर्थविद् डा. विश्व पौडेल पनि सदस्यको रूपमा सहभागी छन्। समितिको बैठक आइतबार साँझ वा सोमबार बिहान बस्ने तयारी भइरहेको र उक्त बैठकले तीन जना उम्मेदवारको नाम सिफारिस गर्ने बुझिएको छ।
उम्मेदवार सूचीमा राष्ट्र बैंकका कार्यकारी निर्देशक पदबाट राजीनामा दिएका गुणाकर भट्टसहित अन्य दुई जनाको नाम समावेश हुने सम्भावना छ। भट्टको नाममा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच सहमति भएको खबर बाहिरिएको थियो।
स्रोतका अनुसार सिफारिस हुने तीन जनामध्ये कम्तीमा एक जना हालका डेपुटी गभर्नर रहने छन्। अर्थमन्त्री पौडेलले कार्यवाहक गभर्नर निलम ढुंगानालाई भट्टको राजीनामा स्वीकृत गर्न अनुरोध गरे पनि उनले अस्वीकार गरेकी कारण अब डेपुटी गभर्नर बमबहादुर मिश्रको नाम सिफारिसमा समावेश हुने सम्भावना बलियो देखिएको छ। अन्यथा दुवैजना डेपुटी गभर्नरको नाम सिफारिस गरेर मन्त्रिपरिषद्ले गुणाकर भट्टलाई गभर्नर नियुक्त गर्ने अर्को विकल्प पनि खुला रहेको स्रोतको भनाइ छ।
यसअघि सुशील कोइराला नेतृत्वको सरकारले चिरञ्जीवी नेपाललाई गभर्नर नियुक्त गर्दा तत्कालीन डेपुटी गभर्नर गोपाल काफ्ले र महाप्रसाद अधिकारीको नाम पनि सिफारिस गरिएको थियो।
यता विराटनगरमा कार्यवाहक गभर्नर निलम ढुंगानालाई प्रधानमन्त्री ओलीले गभर्नर बनाउने वाचा गरेको उल्लेख गर्दै उनले कार्यकारी निर्देशकहरूको राजीनामा कुनै हालतमा स्वीकृत नगर्ने मनसाय बनाएको उनको निकट स्रोतहरूले बताएका छन्।
अर्थ/वाणिज्य
निर्यातमुखी अर्थतन्त्रतर्फ अग्रसर हुनुपर्छ : योजना आयोगका उपाध्यक्ष अधिकारी
द नेप्लिज संवाददाताउखु किसानको अनुदान रोकिनुमा विचौलियाको प्रभाव त होइन ? : शेखर कोइराला
द नेप्लिज संवाददाताकाठमाडौंको ‘बिरयानी अड्डा’ विराटनगरमा
द नेप्लिज संवाददाताकोशी प्रदेशमा बजेटः कुन वर्षमा कति बजेट, कति आमदानी र कति भयो खर्च ?
द नेप्लिज संवाददातामौद्रिक नीतिमा पूर्वका उद्योगी व्यवसायीको सुझावः मुल्यांकनको ७० प्रतिशत घरजग्गा कर्जाको व्यवस्था हुनुपर्छ
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares