२२ असोज २०८२, बुधबार 08 Oct 2025, Wednesday

काठमाडौंको ‘बिरयानी अड्डा’ विराटनगरमा

द नेप्लिज संवाददाता
५ असार २०८२, बिहीबार

विराटनगर– बिरयानी पारखीहरूलाई ध्यानमा राख्दै काठमाडौंको ‘बिरयानी अड्डा’ले विराटनगरस्थित महेन्द्र चोकमा शाखा विस्तार गर्दै बिहीबारबाट सञ्चालनमा ल्याएको छ ।  

युवा उद्यमी तथा उद्योग संगठन मोरङका सदस्य प्रतीक राउतले एक कार्यक्रमका बीच ‘बिरयानी अड्डा’ को उद्‌घाटन गरेका छन् । उनले ‘बिरयानी अड्डा’को उद्‌घाटनपछि विराटनगरवासीलगायत छिमेकी भारतीय बजारका बिरयानी पारखीहरूले नयाँ स्वाद चाख्‍न पाउने बताएका छन् । उनले व्यावसायिक सफलताको शुभकामनासमेत दिएका हुन् ।

राउतले काठमाडौंमा ‘बिरयानी अड्डा’ ले जसरी बिरयानीलगायत विभिन्न खानाका परिकारमा स्वाद दिँदै ग्राहकहरूलाई सन्तुष्टि दिलाएर सफलता प्राप्त गरेको छ त्यसरी नै विराटनगरमा पनि खानाको स्वाद पस्केर सबैलाई सन्तुष्टि दिलाउने विश्वास व्यक्त गरेका छन् । 
 
बिरयानी अड्डाका निर्देशक सविन पाण्डेले छैटौँ आउटलेटका रूपमा विराटनगरमा आजदेखि सेवा विस्तार गरेको जानकारी दिएका हुन् ।  ‘काठमाडौंमा २०७६ सालदेखि खानाका पारखीहरुलाई सेवा गर्दै आएका छौं,’ पाण्डेले भने,  ‘अहिले हामी छैटौँ वर्षमा दौडिइरहँदा छैटौँ आउटलेटका रूपमा उपत्यका बाहिर पहिलो पटक विराटनगरमा शाखा विस्तार गर्न सफल भएका छौं । काठमाडौं, ललितपुर र भक्तपुरमा ५ वटा आउटलेट छन् ।’
 
विराटनगरकी मोनिका निशाले ‘बिरयानी अड्डा’को शाखा विराटनगरमा ल्याएकी हुन् । ‘बिरयानी अड्डा’मा विभिन्न स्वादका बिरयानी पाउनुका साथै पिजा, तन्दुरीलगायत खानाका परिकारहरूका साथै लाइभ म्युजिकको समेत मज्जा लिन पाइने उनले बताइन् । 

प्रकाशित : ५ असार २०८२, बिहीबार 18:25

थप समाचार

अर्थ/वाणिज्य

मौद्रीक नीति : नीतिगत दर घट्यो, निजी क्षेत्रतर्फको कर्जा वृद्धि १२ प्रतिशत (पूर्णपाठ)

द नेप्लिज संवाददाता

रंगेली सवस्टेशनमा २४ एम्भीएको पावर ट्रान्सफर्मर जडान, सेवाग्राहीलाई विद्युत आपुर्ति सहज बन्दै

द नेप्लिज संवाददाता

वनमन्त्रीको गृह जिल्लामा नै बिरुवा उत्पादनै नगरी भुक्तानी

द नेप्लिज संवाददाता

एउटा आर्थिक वर्षमा भूक्तानी लिएर अर्को आर्थिक वर्षमा नर्सरीमा बिरुवा ग्रेडिङ र खाली पोलिथिनमा धमाधम बिरुवा रोप्दै

द नेप्लिज संवाददाता

मुलुकमा रोजगारी सिर्जना गर्न युवालाई उद्यमशीलता र नवप्रवर्तनसँग जोड्नु आवश्यक : अध्यक्ष राउत

द नेप्लिज संवाददाता
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
निर्देशक : अमरेन्द्र प्रसाद यादव, ९८४२८४४४४४
प्रबन्धक र सम्पादक : देवनारायण साह, ९८५२८३४४८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved