विराटनगर– कोसी प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेपाली कांग्रेसका सांसद केदार कार्कीले विराटनगरको सीमावर्ती क्षेत्र हुँदै रातिको समयमा ट्रकका ट्रक अवैध सामान नेपाल भित्रियाइने गरेको गम्भीर आरोप लगाएका छन्। उनले आफूले प्रत्यक्ष रूपमा यस्तो दृश्य देखेको दाबी गरेका छन्।
बुधबार बसेको प्रदेशसभा बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै कार्कीले सीमामा दिनभर सर्वसाधारणको झोला खोतलखातल गरिए पनि राति भने ठूला ट्रकहरू सजिलै नेपाल प्रवेश गर्ने गरेको उल्लेख गरे।
‘दिउँसो दुई किलो चिनी ल्याउनेको झोला खोलेर जाँच हुन्छ, तर राति ट्रक–ट्रक सामान भित्रिन्छ,’ उनले भने, ‘प्रहरी आफैँले टर्च बालेर गाडी पास गराइरहेका हुन्छन् ।’
गृहमन्त्री रमेश लेखकले हालै विराटनगरमा तस्करी बढेको भन्दै सुरक्षा निकायलाई निर्देशन दिएपछि सीमामा देखिएको ’कडाइ’ प्रति पनि कार्कीले प्रश्न उठाए। उनका अनुसार सीमामा सामान्य नागरिकलाई दुःख दिने देखावटी कडाइ मात्र गरिएको हो, जबकि ठूला तस्करहरू सत्ता र शक्तिसँग मिलेर कारोबार गरिरहेका छन्।
‘सुशासनको धेरै कुरा भयो, तर यो देखावटी कडाइबाट भुइँमान्छे मात्रै पीडित छन्,’ उनले भने।कार्कीले केही दिनअघि राति विराटनगरको रानीस्थित अरुण सिनेमा नजिकको गल्लीमा ठेलामा राखेर सरसामान भित्रियाइँदै गरेको दृश्य देखेको बताए। ‘हामी राजस्वको दायरा बढाउनु पर्छ भन्छौं, तर कपालभन्दा माथि उडेको हावाको कर लिने?’ उनले व्यंग्य गरे।
साथै कार्कीले प्रदेश सरकार संघीय सरकारसँग लडेर अधिकार स्थापित गर्ने दिशामा सक्रिय हुनुपर्ने धारणा राखे। ‘के हामी प्रदेशमा तलब बुझ्न मात्र आएका हौं?’ उनले प्रश्न गरे।
उनले हालै विराटनगरमा सम्पन्न प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा संघीय गृह मन्त्रालयका सचिवलाई अध्यक्ष बनाइएकोप्रति असन्तोष जनाउँदै स्मरण गराए, ‘यसअघि आन्तरिक मामिला मन्त्रीले अध्यक्षता गर्ने परम्परा थियो।’
त्यसैगरी विपद् व्यवस्थापनसम्बन्धी बजेट वितरण कुन आधारमा र कसको आवश्यकताअनुसार गरिएको भन्नेबारे स्पष्ट जवाफ सरकारसँग माग गरेका छन्।
#सीमा#’कडाइ
अर्थ/वाणिज्य
सञ्चारकर्मी सहकारीद्वारा चार पुरस्कारका लागि नाम छनोट, असार २७ गते पुरस्कृत गरिने
द नेप्लिज संवाददातामौद्रीक नीति : नीतिगत दर घट्यो, निजी क्षेत्रतर्फको कर्जा वृद्धि १२ प्रतिशत (पूर्णपाठ)
द नेप्लिज संवाददातारंगेली सवस्टेशनमा २४ एम्भीएको पावर ट्रान्सफर्मर जडान, सेवाग्राहीलाई विद्युत आपुर्ति सहज बन्दै
द नेप्लिज संवाददातावनमन्त्रीको गृह जिल्लामा नै बिरुवा उत्पादनै नगरी भुक्तानी
द नेप्लिज संवाददाताएउटा आर्थिक वर्षमा भूक्तानी लिएर अर्को आर्थिक वर्षमा नर्सरीमा बिरुवा ग्रेडिङ र खाली पोलिथिनमा धमाधम बिरुवा रोप्दै
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares