विराटनगर– सिरहाको नवराजपुर–१ भगवतीपुरकी १७ वर्षीया किशोरी रिंकु सदायको सामूहिक बलात्कार र रहस्यम मृत्युको घटनामा थप दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउहरुमा स्थानीय ५५ वर्षीय कारी सदा र ६६ वर्षीय रामदेव सदा छन् । उनीहरूसँगै यो प्रकरणमा पक्राउ पर्नेको संख्या १० पुगेको छ ।
उनीहरूलाई २५ फागुनमा पक्राउ गरिएको सिरहा प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार सिरहा जिल्ला अदालतबाट म्याद लिएर विस्तृत अनुसन्धान भइरहेको छ । बलात्कारको घटनामा मिलापत्र गर्ने प्रयासमा उनीहरूको पनि भूमिका देखिएको प्रहरीले भनेको छ ।
यसअघि बलात्कारका मुख्य आरोपित रुपेश मण्डल तथा पञ्चायतीमा सहभागि वडासदस्य नथुनी साह, स्थानीय रामकृपाल मण्डल, विन्देश्वर साह, राजेन्द्र मण्डल, चन्देश्वर मण्डल, रामविनोद मण्डल र कमलेश दास पक्राउ परेका थिए ।
यसमध्ये रुपेश, नथुनी, रामकृपाल र विन्देश्वर जाहेरीमा नाम किटान गरिएकाहरु हुन् । अन्यको जाहेरीमा नाम किटान नगरिएको भएपनि पञ्चायतीमा सामेलहरु भएको प्रहरीले जनाएको छ ।
गत माघ २७ को राति शौच गर्न निस्केकी रिंकुलाई स्थानीय तीन युवकले सामूहिक बलात्कार गरेका थिए । उनले भोलिपल्ट बिहान रुँदै परिवारजनलाई सबथोक बताएकी थिइन् । तर माघ २९ र ३० मा पञ्चायती बसेर घटना गाउँमै मिलाउने प्रयास भएको थियो ।
पञ्चायतीले बलात्कारका पीडकबाट १ लाख ४० हजार जरिवाना तिराउँदै पीडितलाई प्रहरीमा जान नदिने निर्णय गरेको थियो । पञ्चायतीमा सहमती नहुँदा पीडक पक्षको धम्कीबीच माघ ३० को साँझ रिंकु घरमा झुन्डिएको अवस्थामा मृत भेटिएकी थिइन् । प्रहरीकोमा मुख खोल्छिन् भन्ने डरले मुख्य आरोपीहरुले नै रिंकुको हत्या गरेको स्थानीयले शंका गरेका छन् ।
समाचार
पूर्वउपमेयर इन्दिरा कार्कीले मन्त्रिपरिषद्को निर्णय वद्दर गराएर स्थानीय तहलाई दिलाइन् घर बहाल कर उठाउने अधिकार
द नेप्लिज संवाददातासरकारमा अहिले मन्त्री फेरबदल हुँदैन : सभापति देउवा
द नेप्लिज संवाददाताजेनजी आन्दोलनले ध्वस्त विराटनगरका सरकारी संरचनाको धुलो टकटक्याएर सेवा सुरु गर्दै
द नेप्लिज संवाददाताभाैतिक पूर्वाधार मन्त्रालय काेशीद्वारा प्रदेशमा भएकाे भाैतिक क्षतिकाे अध्ययन गर्न समिति गठन
द नेप्लिज संवाददातामहासंघद्वारा जिल्ला प्रशासन कार्यालय मोरङको सेवा सुचारुका लागि १० वटा कम्प्युटर सहयोग
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares