काठमाडौँ — नेपाल बार एशोसिएशनको अध्यक्ष पदमा वरिष्ठ अधिवक्ता विजयप्रसाद मिश्र विजयी भएका छन् । उनले ५ हजार ५२ मत प्राप्त गर्दै अध्यक्ष पदको लागि प्रतिस्पर्धा गरेका वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठलाई पराजित गरेका छन् । श्रेष्ठले २ हजा ६ सय २१ मत प्राप्त गरेका थिए ।
नेपाल बारमा सत्तारुढ नेकपा एमाले र कांग्रेससम्बन्धी कानुन व्यवसायीहरूको गठबन्धनले मिश्रलाई आफ्नो उम्मेदवारका रूपमा प्रस्तुत गरेको थियो । प्रतिपक्षी माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीका कानुन व्यवसायीहरूको संगठनले श्रेष्ठको नेतृत्वमा प्यानल बनाएका थिए ।
मिश्रको प्यानल केन्द्रीय समितिमा पनि विजयी भएको छ । नयाँ अध्यक्ष मिश्रले चुनावमा अघि सारेका एजेन्डा कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्दै भने, ‘नेपाल बारमा मैले धेरै काम गर्नुपर्ने छ । बोलेर होइन, काम गरेर देखाउनको लागि हाम्रो टीम समर्पणपूर्वक काम गर्नेछ ।’
बारको उपाध्यक्षमा विभिन्न प्रदेशबाट उम्मेदवारहरू निर्वाचित भएका छन् । कोसीबाट पदमप्रसाद लिम्बु, मधेसबाट अजयशंकर झा, बागमतीबाट तेजबहादुर रावल, गण्डकीबाट भुपेन्द्र खनाल, लुम्बिनीबाट कृष्णप्रसाद पोख्रेल, कर्णालीबाट विवशकुमार बस्नेत र सुदूरपश्चिमबाट सिद्धराज ओझा निर्वाचित भएका छन् । अध्यक्ष मिश्रको प्यानलका वरिष्ठ अधिवक्ता केदारप्रसाद कोइराला महासचिव र वरिष्ठ अधिवक्ता जगतबहादुर कार्की कोषाध्यक्षको रूपमा निर्वाचित भएका छन् ।
समाचार
योगले आत्मा, शरीर र मनबीचको सन्तुलन कायम गराउँछः उपराष्ट्रपति यादव
द नेप्लिज संवाददातासंकटमा उद्धार चाहिँ भैयाले नै गर्छ...
द नेप्लिज संवाददाताकोशी सरकारबिरुद्ध कारण देखाउ आदेश
द नेप्लिज संवाददातादृष्टिको ‘सेटिङ रिपोर्ट’ अब न्यायिक परीक्षणमा : शम्भु श्रेष्ठमाथि फौजदारी प्रक्रिया सुरू
द नेप्लिज संवाददातामनमोहन प्राविधिक विश्वविद्यालय पार्टी विश्वविद्यालय भएको छः पूर्वमुख्यमन्त्री कार्की
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares