विराटनगर- नेपाल पत्रकार महासंघ माेरङले षष्टिका वस्नेत सूचनाकाे अधिकार पुरस्कारबाट पत्रकार किशाेर बुढाथाेकीलाई शनिबार पुरस्कृत गरेकाे छ । षष्टिका वस्नेत सूचनाकाे अधिकार प्राेत्साहन पुरस्कारबाट पत्रकार सुरेन्द्र भण्डारीलाई पुरस्कृत गरिएकाे हाे ।
विश्व प्रेस स्वतन्त्रता दिवसकाे अवसरमा पत्रकार महासंघ माेरङले आयाेजना गरेकाे पुरस्कार वितरण र अग्रज पत्रकार सम्मान कार्यक्रममा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले एक लाख एक सय राशीकाे षष्टिका वस्नेत सूचनाकाे अधिकार पुरस्कार बुढाथाेकीलाई हस्तान्तरण गरेका छन् ।
यस्तै, विराटनगर महानगर प्रमुख नागेश काेइरालाले २५ हजार २५ रूपैयाँ राशीकाे षष्टिका वस्नेत सूचनाकाे अधिकार प्राेत्साहन पुरस्कार भण्डारीलाई हस्तान्तरण गरेका छन् ।
पत्रकार महासंघ माेरङले विश्व प्रेस स्वतन्त्रता दिवसकाे अवसरमा ६० वर्ष उमेर पुगेका पत्रकार यज्ञ शर्मालाई मुख्यमन्त्री कार्कीले प्रशंसापत्र प्रदान गर्दै खादा, माल लगाएर सम्मान गरेका थिए । महासंघ माेरङले तयार पारेकाे क्यालेण्डर महागर प्रमुख काेइरालाले लाेकर्पण गरेका हुन् ।
स्थानीय सरकार
अत्यधिक गर्मीका कारण विराटनगरका विद्यालय तीन दिन बन्द
द नेप्लिज संवाददातामहानगरद्वारा पशुपालक कृषक समूहलाई च्याप कटर वितरण
द नेप्लिज संवाददाताइग्नाइट फाउण्डेशनको विराटनगरमा जलसेवा
द नेप्लिज संवाददातागर्मी छल्न विराटनगरका ज्येष्ठ नागरिकलाई पंखा वितरण
द नेप्लिज संवाददाताविराटनगर महानगरको बजेट ४ अर्ब ४० लाख (बजेटको पूर्णपाठसहित)
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares