विराटनगर– जुम्लाको तिला गाउँपालिका–९ मा शुक्रबार साँझ परेको असिनासहितको वर्षाले स्थानीय स्याउ बगैँचासहित विभिन्न बालीनालीमा ठूलो क्षति पुर्याएको छ।
वडाध्यक्ष धनबहादुर रावतका अनुसार विशेषगरी राँस, मालपानी खोप्री, ढिपु गाउँका गहुँ, जौ, आलु, सिमी, मकै, फापर, स्याउ र ओखरबालीमा व्यापक असर परेको छ। ‘झन्डै आधा फिटसम्म असिना परेको थियो,’ वडाध्यक्ष रावतले भने, ‘पाक्दै गरेका बाली खेतबारीमै झरेका छन्। सिमी, आलु, मकै, फापर लगायतका बाली पूर्ण रूपमा नष्ट भएका छन्।’
असिनाबाट राँसा गाउँका १ सय १० र मालपानी गाउँका ६८ घरधुरी घरधुरी प्रभावित भएका छन्। वडाध्यक्ष रावतले पीडितहरूलाई राहत उपलब्ध गराउन स्थानीय सरकारदेखि प्रशासनसम्म पहल भइरहेको जानकारी दिए। (स्रोतः रासस)
#जुम्ला# असिना#स्याउ
अर्थ/वाणिज्य
सञ्चारकर्मी सहकारीद्वारा चार पुरस्कारका लागि नाम छनोट, असार २७ गते पुरस्कृत गरिने
द नेप्लिज संवाददातामौद्रीक नीति : नीतिगत दर घट्यो, निजी क्षेत्रतर्फको कर्जा वृद्धि १२ प्रतिशत (पूर्णपाठ)
द नेप्लिज संवाददातारंगेली सवस्टेशनमा २४ एम्भीएको पावर ट्रान्सफर्मर जडान, सेवाग्राहीलाई विद्युत आपुर्ति सहज बन्दै
द नेप्लिज संवाददातावनमन्त्रीको गृह जिल्लामा नै बिरुवा उत्पादनै नगरी भुक्तानी
द नेप्लिज संवाददाताएउटा आर्थिक वर्षमा भूक्तानी लिएर अर्को आर्थिक वर्षमा नर्सरीमा बिरुवा ग्रेडिङ र खाली पोलिथिनमा धमाधम बिरुवा रोप्दै
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares