विराटनगर– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी लिखत किर्ते गरी जग्गा बिक्री गरेको अभियोगमा बाराका मालपोत कार्यालय र नापी कार्यालयका विभिन्न कर्मचारीविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको छ । नक्सा परिवर्तन गरी जग्गा हडप्ने योजना रहेको आयोगले जनाएको छ ।
आयोगका अनुसार बाराको साबिक डुमरवाना–६ मा रहेको जग्गाको श्रेस्ता किर्ते गरी क्षेत्रफल बढाइ बिक्री गरिएको उजुरीका आधारमा अनुसन्धान गर्दा मालपोत। नापीका कर्मचारी तथा केही व्यक्तिहरूले मिलेमतो गरी गैरकानूनी लाभ लिएको पुष्टि भएको छ । अख्तियारको अनुसन्धानमा खुल्न आए अनुसार जीतपुर सिमरा–१५ निवासी सुदामा प्रसाद चौधरीले पत्नी रामपति देवी थरुनीको नामको जग्गाको क्षेत्रफल बढाएर बिक्री गर्न लेखापढी व्यवसायी जयलाल सहनीलाई १ लाख ५० हजार रुपैयाँ घुस दिएको खुलेको छ ।
सहनीले उक्त रकम तत्कालीन नापी कार्यालय बारामा कार्यरत सर्वेक्षक सुनिल कुमार झालाई बुझाएका थिए । उनैले अन्य कर्मचारीहरूलाई दामासाहीले रकम बाँडेको अख्तियारले जनाएको छ ।
उक्त घुस लिइ नक्सा हेरफेर गरी मालपोत कार्यालयमार्फत गलत लिखत तयार पारिएको आयोगका सहायक प्रवक्ता देवी प्रसाद थपलियाले जानकारी दिएकी छन् । उनका अनुसार सोही क्रममा कि.नं. २२१ र कि.नं. २८३ को क्षेत्रफल परिवर्तन गरी किर्ते गरी बिक्री गरिएको थियो ।
आरोपितहरूमा तत्कालीन अधिकृत (हाल अवकाश प्राप्त) दीनानाथ मिश्र, हाल नापी कार्यालय वीरगन्जमा कार्यरत अधिकृत शिव बालक साह (जनही १,५०,००० बिगो – भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार कैद र जरिवाना माग), मालपोत कार्यालय बाराका अधिकृत सुमनप्रसाद चौधरी र तत्कालीन नायब सुब्बा बुधनप्रसाद यादव (जनही १,५०,००० बिगो – कैद र जरिवानाको माग), लेखापढी व्यवसायी जयलाल सहनी (१,५०,००० बिगो – कैद, जरिवाना र घुस असुलीको माग), जग्गाधनी सुदामा प्रसाद चौधरी थारु र उनकी पत्नी रामपति देवी थरुनी (जनही १,५०,००० बिगो – कैद र जरिवानाको माग) र तत्कालीन सर्वेक्षक सुनिल कुमार झा (१,५०,००० बिगो – कैद, जरिवाना र भ्रष्टाचार ऐनअनुसार सजायको माग) रहेका छन् । अख्तियारले विशेष अदालत, काठमाडौँमा आरोपितहरूमाथि भ्रष्टाचार निवारण ऐन २०५९ को विभिन्न दफाहरूअनुसार कारबाहीको माग गर्दै आरोप–पत्र दाखिला गरेको छ ।
समाचार
गृहमन्त्रीको निर्णयमा ७ डीआईजीको सरुवा, ६ प्रदेशमा नयाँ प्रहरी प्रमुख नियुक्त
द नेप्लिज संवाददातासरकारबाट बाहिरिने सांसद लालवीर चौधरीको चेतावनी
द नेप्लिज संवाददातासरकार सात बुँदे सहमतिमा असफल : कांग्रेस नेता शेखर कोइराला
द नेप्लिज संवाददातान्यौपाने परिवारको प्रेरणादायी यात्रा : विकट अछामबाट सफलताको शिखरसम्म
द नेप्लिज संवाददातासंसदमा प्रचण्डको आक्रोश, नीति तथा कार्यक्रमप्रति तीव्र असन्तुष्टि
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares